भारतमा रासन बाड्न ‘अन्नपूर्ति’ एटिएम

Satya Sanchar सत्य सञ्चार

विराटनगर । भारतमा अन्न बाड्नका लागि एटिएम मेसिन प्रयोगमा आएको छ । एटिएमलाई नगद निकाल्न मिल्ने मेसिनको रुपमा बुझिन्छ ।

भारतमा भने विपन्न समुदायलाई अन्न वितरणका लागि एटिएम मेसिन प्रयोगमा आएको छ । संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)को सहयोगमा एटिएम प्रयोगमा आएको हो ।ओडिसा प्रदेश सरकारले भुवनेश्वरमा चौबिसै घण्टा अन्न निकाल्न मिल्ने गरी प्रयोगमा मेसिन भारतकै पहिलो अन्न एटिएम हो, जसको नाम ‘अन्नपूर्ति’ राखिएको छ ।

ओडिसामा स्थापना गरिएको अन्न एटिएम पहिलो यस्तो प्रणाली हो जो २४ सै घण्टा खुल्ला हुनुका साथै स्वचालित पनि छ । यसलाई चलाउन कुनै पनि कर्मचारी आवश्यक पर्दैन ।

ओडिसा सरकारका खाद्य, आपूर्ति, उपभोक्ता कल्याण, विज्ञा तथा प्रविधि मन्त्री कृष्णचन्द्र पात्राले अन्न एटिएमको उदघाटन गरेका थिए ।

भारतमा ५ लाखभन्दा बढी सुपथ मूल्य पसलहरु छन् । पसलबाट हरेक महिना करिब ८१ करोड व्यक्तिलाई अनुदानमा अन्न वितरण गरिन्छ ।

प्रकाशित मिति: बुधबार, ०५ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.