भारतमा रासन बाड्न ‘अन्नपूर्ति’ एटिएम

Satya Sanchar सत्य सञ्चार

विराटनगर । भारतमा अन्न बाड्नका लागि एटिएम मेसिन प्रयोगमा आएको छ । एटिएमलाई नगद निकाल्न मिल्ने मेसिनको रुपमा बुझिन्छ ।

भारतमा भने विपन्न समुदायलाई अन्न वितरणका लागि एटिएम मेसिन प्रयोगमा आएको छ । संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)को सहयोगमा एटिएम प्रयोगमा आएको हो ।ओडिसा प्रदेश सरकारले भुवनेश्वरमा चौबिसै घण्टा अन्न निकाल्न मिल्ने गरी प्रयोगमा मेसिन भारतकै पहिलो अन्न एटिएम हो, जसको नाम ‘अन्नपूर्ति’ राखिएको छ ।

ओडिसामा स्थापना गरिएको अन्न एटिएम पहिलो यस्तो प्रणाली हो जो २४ सै घण्टा खुल्ला हुनुका साथै स्वचालित पनि छ । यसलाई चलाउन कुनै पनि कर्मचारी आवश्यक पर्दैन ।

ओडिसा सरकारका खाद्य, आपूर्ति, उपभोक्ता कल्याण, विज्ञा तथा प्रविधि मन्त्री कृष्णचन्द्र पात्राले अन्न एटिएमको उदघाटन गरेका थिए ।

भारतमा ५ लाखभन्दा बढी सुपथ मूल्य पसलहरु छन् । पसलबाट हरेक महिना करिब ८१ करोड व्यक्तिलाई अनुदानमा अन्न वितरण गरिन्छ ।

प्रकाशित मिति: बुधबार, ०५ भदौ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.