गौरीगन्जमा दुर्घटना हुँदा दुई जनाको मृत्यु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । झापाको गौरीगन्जमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हुलाकी राजमार्गअन्तर्गत गौरीगन्ज गाउँपालिका–२ कृष्ण खोलानजिक कार र भारतीय मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटनामा परेको थियाे ।

प्रहरीका अनुसार विराटनगरबाट तुलाचन चोकतर्फ जाँदै गरेको प्र १–०२–००२ च ५१०१ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको बीआर ३८ एच ५५४७ नम्बरको मोटरसाइकल ठोक्किएर शुक्रबार दिउँसो १ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा परेर मोटरसाइकल चालक मोरङको रतुवामाई नगरपालिका–५ गोविन्दपुरका ३० वर्षीय मोहमद नुर स्लाम र पछाडि सवार ३५ वर्षीय एनबी मोजाबुल हकको मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनालाई उद्धार गरेर उपचारका लागि लगिएको थियो । गम्भीर घाइतेमध्ये मोटरसाइकल चालक मोहमद नुर स्लामको झापाको दमकस्थित दमक अस्पतालमा उपचारका क्रममा २ः४० बजेतिर र पछाडि सवार एनबी मोजाबुल हकको विराटनगरको न्यूरो अस्पतालमा ३ः१० बजेतिर मृत्यु भएको झापा प्रहरीका सूचना अधिकारी डीएसपी रञ्जन अवाले बताए ।

दुर्घटनालगत्तै प्रहरीले कार चालक विराटनगर महानगरपालिका–१३ का ३५ वर्षीय विवेक सिंहलाई पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरेको छ । कार र मोटरसाइकल पनि प्रहरीको नियन्त्रणमा छन् । मोटरसाइकलको चालकको साथमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, ०२ साउन, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.