गौरीगन्जमा दुर्घटना हुँदा दुई जनाको मृत्यु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । झापाको गौरीगन्जमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हुलाकी राजमार्गअन्तर्गत गौरीगन्ज गाउँपालिका–२ कृष्ण खोलानजिक कार र भारतीय मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटनामा परेको थियाे ।

प्रहरीका अनुसार विराटनगरबाट तुलाचन चोकतर्फ जाँदै गरेको प्र १–०२–००२ च ५१०१ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको बीआर ३८ एच ५५४७ नम्बरको मोटरसाइकल ठोक्किएर शुक्रबार दिउँसो १ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा परेर मोटरसाइकल चालक मोरङको रतुवामाई नगरपालिका–५ गोविन्दपुरका ३० वर्षीय मोहमद नुर स्लाम र पछाडि सवार ३५ वर्षीय एनबी मोजाबुल हकको मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनालाई उद्धार गरेर उपचारका लागि लगिएको थियो । गम्भीर घाइतेमध्ये मोटरसाइकल चालक मोहमद नुर स्लामको झापाको दमकस्थित दमक अस्पतालमा उपचारका क्रममा २ः४० बजेतिर र पछाडि सवार एनबी मोजाबुल हकको विराटनगरको न्यूरो अस्पतालमा ३ः१० बजेतिर मृत्यु भएको झापा प्रहरीका सूचना अधिकारी डीएसपी रञ्जन अवाले बताए ।

दुर्घटनालगत्तै प्रहरीले कार चालक विराटनगर महानगरपालिका–१३ का ३५ वर्षीय विवेक सिंहलाई पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरेको छ । कार र मोटरसाइकल पनि प्रहरीको नियन्त्रणमा छन् । मोटरसाइकलको चालकको साथमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, ०२ साउन, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
काजकिरिया सकेकाे छाेरा टुप्लुक्क घरमा पुगेपछि…
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
© 2024 Satyasanchar. All Rights Reserved.