रवि लामिछानेविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । कास्की जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेविरुद्ध लागेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धि मुद्दा फिर्ता लिन अनुमति दिएको छ ।

शुक्रबार जिल्ला कास्कीका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले लामिछाने, जिवी राईसहितका व्यक्तिविरुद्ध सहकारी ठगी सम्बन्धी मुद्दा यथावत राखेर जोडिएका अन्य मुद्दा फिर्ता लिन अनुमति दिएको हो ।

गोरखा मिडिया नेटवर्कमका अध्यक्ष जिवी राई, सञ्चालक छविलाल जोशीसहित लामिछानेविरुद्ध दायर भएको मुद्दा संशोधन गर्ने तत्कालीन महान्यायाधीवक्ता सविता भण्डारीको निर्णयका आधारमा फिर्ता भएको हो ।

महान्यायाधिवक्ता भण्डारीले गत पुस ३० गते रवि लामिछानेको हकमा मात्र र २०८२ माघ २ गते अन्य प्रतिवादीहरूको हकमा समेत अभियोगमा त्रुटी भएको भन्दै सच्याउने निर्णय गरेकी थिइन् ।

त्यहीँ निर्णयका आधारमा कास्की सरकारी वकिल कार्यालयले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम मूल, थप र पूरक अभियोगपत्रहरू परिमार्जन गर्न अदालतमा निवेदन दिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, ०८ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.