काठमाडौं । कास्की जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेविरुद्ध लागेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धि मुद्दा फिर्ता लिन अनुमति दिएको छ ।
शुक्रबार जिल्ला कास्कीका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले लामिछाने, जिवी राईसहितका व्यक्तिविरुद्ध सहकारी ठगी सम्बन्धी मुद्दा यथावत राखेर जोडिएका अन्य मुद्दा फिर्ता लिन अनुमति दिएको हो ।
गोरखा मिडिया नेटवर्कमका अध्यक्ष जिवी राई, सञ्चालक छविलाल जोशीसहित लामिछानेविरुद्ध दायर भएको मुद्दा संशोधन गर्ने तत्कालीन महान्यायाधीवक्ता सविता भण्डारीको निर्णयका आधारमा फिर्ता भएको हो ।
महान्यायाधिवक्ता भण्डारीले गत पुस ३० गते रवि लामिछानेको हकमा मात्र र २०८२ माघ २ गते अन्य प्रतिवादीहरूको हकमा समेत अभियोगमा त्रुटी भएको भन्दै सच्याउने निर्णय गरेकी थिइन् ।
त्यहीँ निर्णयका आधारमा कास्की सरकारी वकिल कार्यालयले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम मूल, थप र पूरक अभियोगपत्रहरू परिमार्जन गर्न अदालतमा निवेदन दिएको थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,988)
जीवन विकासले बोलायो साधारणसभा (1,966)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,926)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,890)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,809)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,711)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,164)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,149)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (878)