विशेष साधारणसभाको प्रारम्भमा भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सञ्चालक समिति । विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्त वित्तीय संस्थासँगको मर्जर प्रक्रियालाई अन्तिम टुङ्गो लगाएको छ । संस्थाको आइतबार सम्पन्न विशेष साधारणसभाले जीवन विकास, बाँकेको कोहलपुरमा मुख्य कार्यालय रहेको युनिक नेपाल र काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्तबीचको मर्जरको अन्तिम टुङ्गो लगाएको हो ।
विशेष साधारणसभाले संस्थाका अध्यक्ष बिक्रमराज सुवेदीले प्रस्तुत गरेको जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुसी लघुवित्तको सेयर आदानप्रदान अनुपात क्रमशः १ः१ः०.८१ कायम गर्ने प्रस्ताव पारित गरेको छ । यसको अर्थ जीवन विकास र युनिक नेपालको १ कित्ता सेयर बराबर १ कित्ता नै हुनेछ भने मानुसी लघुवित्तको १ कित्ता सेयर हुनेले मर्जरपछि जीवन विकासको ०.८१ कित्ता सेयर प्राप्त गर्नेछन् ।
यसअघि नेपाल राष्ट्र बैंकले सम्पत्ति दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदनमा तथ्याङ्कगत केही फरक देखिएको भन्दै पुन साधारणसभा गर्न भनेको थियो । राष्ट्र बैंकको पछिल्लो निर्देशन बमोजिम तीनवटै संस्थाका साधारण सभाबाट पुनः अनुमोदन गराई अन्तिम स्वीकृतिको प्रक्रिया अघि बढाइएको हो ।
विशेष साधारणसभाले जीवन विकासको सञ्चालक समितिलाई मर्जर सम्बन्धी अन्य सम्पूर्ण प्राविधिक तथा कानुनी कार्यहरू पूरा गर्ने अख्तियारी समेत प्रदान गरेको थियो । गत चैत २८ गते तीन संस्थाबीच मर्जर सम्झौता भएको थियो ।
नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति प्राप्त भएपछि तीनवटै संस्थाले जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्नेछन् । एकीकृत कारोबारपछि जीवन विकासको कार्यक्षेत्र कर्णाली प्रदेश बाहेक देशभर विस्तार हुनेछ । ६ वटा प्रदेशमा संस्थाको शाखा संख्या २३३ पुग्नेछ ।
जीवन विकासले हाल ३१ जिल्लामा लघुवित्त सेवा प्रवाह गरिरहेको छ । युनिक नेपालले १० जिल्ला र मानुषीले १४ जिल्लामा वित्तीय सेवा प्रवाह गरिरहेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,426)
जीवन विकासले बोलायो साधारणसभा (2,396)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,351)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,336)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,212)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,143)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,103)