सात युवाले सुरु गरे तीन सय रोपनीमा किवी र लोठसल्ला खेती

Satya Sanchar रासस

झापा । सात जना युवाको समूहले इलाममा किवी र लोठसल्ला (टेक्सस मेरिइ)को खेती सुरु गरेका छन् । सप्तरङ्गी बहुउद्देश्यीय कम्पनी प्रालि सञ्चालन गरेर इलामको सन्दकपुर गाउँपालिका–२ मा तीन सय रोपनी जग्गामा किवी र लोठसल्लाको खेती सुरु गरेका हुन् ।

तीन सय रोपनीमध्ये एक सय ५० रोपनीमा किवी र एक सय ५० रोपनीमा लोठसल्ला लगाएका छन् । कृषि क्षेत्रमा भविष्य देखेपछि सिपी कडरिया, तेजमणि प्रसाईँ, कमलप्रसाद कडरिया, दुष्यन्त भट्टराई, श्रीप्रसाद सिटौला, ईश्वरीप्रसाद तिवारी र झलकबहादुर राईले इलामको सन्दकपुरमा किवी र लोठसल्ला खेती गरेका हुन् ।

बेरोजगारी घटाउन, राजनीतिकर्मीलाई उत्पादनसँग जोड्न र मुलुकमा प्रविधि भित्र्याउने उद्देश्यले कृषिकर्ममा लागेको कम्पनीका अध्यक्ष सिपी कडरिया बताउँछन् । राजनीतिकर्मी कडरिया भन्छन्, “राजनीतिकर्मी उत्पादनसँग जोडिन जरुरी छ, नत्र भ्रष्टाचार अझै मौलाउँछ ।”

कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा ठुलो २४ प्रतिशत हिस्सा कृषिको छ । सरकारले पनि दिगो विकासको लक्ष्य हासिल गर्न कृषिलाई मुख्य आधार मानेको उनी बताउँछन् । आयात प्रतिस्थापन गर्न र निर्यात बढाउन पनि कृषि क्षत्रेमा लगानी गरिएको उनले बताए ।

विसं २०७२ मा सुरु गरिएको किवी र लोठसल्ला खेतीमा तीन करोड ५० लाख लगानी भइसकेको छ । किवी फलफूलका रूपमा प्रयोग हुने र लोठसल्ला क्यान्सर रोगको उपचारका लागि औषधि बनाउन प्रयोग हुने भएकाले बजार र माग राम्रो भएको उनी बताउँछन् । “गत वर्षदेखि किवी उत्पादन सुरु भएको छ, यो वर्षदेखि हामी लगानी बन्द गर्छौँ”, उनले भने, “अर्को वर्षदेखि नाफा हुने अपेक्षा छ ।”

एउटा किवीको बोटले तीन वर्षपछि उत्पादन दिने उहाँको भनाइ छ । एउटा बोटबाट वार्षिक ५० केजी उत्पादन हुने कडरियाले बताए । गत वर्ष साविक मेची अञ्चलमा मात्र सात लाख केजी किवी उत्पादन भएको कडरिया बताउँछन् ।

नेपाली किसानले किवी उत्पादन गरे पनि भण्डारणमा समस्या हुँदा सस्तोमा बेच्नुपरेको उनको अनुभव छ । उत्पादनस्थलबाट बजारसम्म पुर्‍याउन ‘कुलिङ चेन’ जरुरी हुने उनले बताए । किसानको उत्पादनलाई सुरक्षित गर्न सरकारले उपयुक्त शीतभण्डारगृह निर्माणमा जोड दिनुपर्ने कडरियाले बताए ।

प्रकाशित मिति: सोमबार, २१ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.