विराटमा क्यान्सर सर्भाइभरका लागि परामर्श तालिम

Satya Sanchar सत्य सञ्चार

विराटनगर ।  इस्टर्न क्यान्सर सर्भाइभर सपोर्ट ग्रुपले विराट क्यान्सर इन्स्टिच्यूटमा क्यान्सर केयर सम्बन्धी परामर्श तालिमको आयोजना गरेको छ ।

मोरङ र सुनसरीका क्यान्सर सर्भाइभरलाई भेला गरेर तालिमको आयोजना गरेको हो ।

तालिममा विराट मेडिकल कलेज टिचिङ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डेनिस कार्कीले विराटमा क्यान्सरको उपचारका लागि नयाँ प्रविधि हाइपेक सञ्चालनमा आएको बताए ।   नयाँ प्रविधिले तेस्रो, चौथो स्टेजको क्यान्सरको उपचार गर्न पनि सहज हुने उनले बताए ।

हस्पिटलका उपाध्यक्ष डा. निकिता कार्कीले पेट सिटि सञ्चालनको तयारी गरिरहेको जानकारी दिए ।

तालिममा डा. सुलभ सापकोटाले क्यान्सरका विरामीलाई हेरचाह गर्ने तौरतरिका सिकाएका थिए । कार्यक्रममा अंकोलोजी सर्जन डा. शिवराज शर्माले विरामीलाई नेपाल सरकारले दिने सहयोगमा समस्या रहने गरेको उल्लेख गर्दै त्यसका लागि सर्भाइभरहरुको दबाब मुलक भूमिकाको खाँचो रहेको बताए ।

साइको सोसल काउन्सिलर तुलसा कार्कीले नयाँ विरामीलाई परामर्श गर्ने तरिका बारे प्रशिक्षण दिइन् । कार्यक्रमका संयोजक एवं क्यान्सर सर्भाइभर कमल पौडेलले सर्भाइभरहरुको सशक्तिकरणका लागि कार्यक्रम आयोजना गरिएको बताए ।

प्रकाशित मिति: शुक्रबार, ११ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.