विराटमा क्यान्सर सर्भाइभरका लागि परामर्श तालिम

Satya Sanchar सत्य सञ्चार

विराटनगर ।  इस्टर्न क्यान्सर सर्भाइभर सपोर्ट ग्रुपले विराट क्यान्सर इन्स्टिच्यूटमा क्यान्सर केयर सम्बन्धी परामर्श तालिमको आयोजना गरेको छ ।

मोरङ र सुनसरीका क्यान्सर सर्भाइभरलाई भेला गरेर तालिमको आयोजना गरेको हो ।

तालिममा विराट मेडिकल कलेज टिचिङ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डेनिस कार्कीले विराटमा क्यान्सरको उपचारका लागि नयाँ प्रविधि हाइपेक सञ्चालनमा आएको बताए ।   नयाँ प्रविधिले तेस्रो, चौथो स्टेजको क्यान्सरको उपचार गर्न पनि सहज हुने उनले बताए ।

हस्पिटलका उपाध्यक्ष डा. निकिता कार्कीले पेट सिटि सञ्चालनको तयारी गरिरहेको जानकारी दिए ।

तालिममा डा. सुलभ सापकोटाले क्यान्सरका विरामीलाई हेरचाह गर्ने तौरतरिका सिकाएका थिए । कार्यक्रममा अंकोलोजी सर्जन डा. शिवराज शर्माले विरामीलाई नेपाल सरकारले दिने सहयोगमा समस्या रहने गरेको उल्लेख गर्दै त्यसका लागि सर्भाइभरहरुको दबाब मुलक भूमिकाको खाँचो रहेको बताए ।

साइको सोसल काउन्सिलर तुलसा कार्कीले नयाँ विरामीलाई परामर्श गर्ने तरिका बारे प्रशिक्षण दिइन् । कार्यक्रमका संयोजक एवं क्यान्सर सर्भाइभर कमल पौडेलले सर्भाइभरहरुको सशक्तिकरणका लागि कार्यक्रम आयोजना गरिएको बताए ।

प्रकाशित मिति: शुक्रबार, ११ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.