इजिप्टविरुद्ध सानदार पुनरागमन गर्दै अर्जेन्टिना अन्तिम ८ मा

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । साविक विजेता अर्जेन्टिना विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । इजिप्टविरुद्धको खेलमा उत्कृष्ट पुनरागमन गर्दै अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

अर्जेन्टिनाले इजिप्टलाई ३-२ ले पराजित गर्‍यो । खेलको पहिलो हाफको १५ औँ मिनेटमा इजिप्टले अग्रता लिएको थियो । यासिर इब्राहिमले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको १९ औँ मिनेटमा अर्जेन्टिनाले पेनाल्टीको मौका पाएको थियो । लियोनल मेस्सी चुक्दा पहिलो हाफमा अर्जेन्टिना गोलविहीन बन्यो ।

दोस्रो हाफको ५७ औँ मिनेटमा इजिप्टका मोस्ताफा जिकोले गोल गरेका थिए । भीएआर परीक्षण गर्दा गोलले मान्यता पाएन । उनले ६६ औँ मिनेटमा गोल गर्दै नतिजा २-० को स्थितिमा ल्याए ।

खेलको ७७ औँ मिनेटसम्म अर्जेन्टिना २-० ले पछि परेको थियो । ७८ औँ मिनेटमा अर्जेन्टिनाका क्रिष्टिन रोमेरोले अर्जेन्टिनाका लागि पहिलो गोल गरे ।

८३ औँ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै खेललाई बराबरीको स्थितिमा ल्याए ।

दोस्रो हाफको इन्जुरी समयको ९२ औँ मिनेटमा इन्जो फर्नान्डिजले गोल गर्दै खेल अर्जेन्टिनाको पक्षमा ल्याए ।

क्वाटरफाइनलमा अब अर्जेन्टिनाले स्विट्जरल्याण्ड र कोलम्बोबीचको खेलबाट तय हुने विजेतासँग खेल्नेछ ।

प्रकाशित मिति: बुधबार, २४ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.