चार पटककाे विश्वकप विजेता जर्मनी इक्वेडरसँग पराजित

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । इक्वेडरले चार पटककाे विश्वकप विजेता जर्मनीमाथि शानदार जित निकाल्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा स्थान सुरक्षित गरेको छ ।

इक्वेडरले जर्मनीलाई २–१ ले पराजित गरेर रोमाञ्चक जित निकाल्दै अन्तिम ३२ मा प्रवेश गरेको हो । खेलको सुरुआतमै जर्मनीले अग्रता बनाएको थियो । लेरोय सानेले गोल गर्दै जर्मनीलाई १–० को अवस्थामा पुर्‍याए । तर, जर्मनीको अग्रता धेरै बेर टिक्न सकेन । इक्वेडरका निल्सन एंगुलोले छिट्टै बराबरी गोल फर्काउँदै पहिलो हाफ १–१ को बराबरीमा टुंग्याए ।

दोस्रो हाफमा दुवै टोलीले आक्रामक खेल प्रस्तुत गर्दै निर्णायक गोलको खोजी गरे । खेलको ७७औँ मिनेटमा गोन्जालो प्लाटाले आकर्षक गोल गर्दै इक्वेडरलाई २–१ को अग्रता दिलाए । त्यसपछि जर्मनीले बराबरी गोलका लागि लगातार दबाब बनाए पनि सफल हुन सकेन ।

प्लाटाको निर्णायक गोलकै आधारमा इक्वेडरले महत्त्वपूर्ण जित निकाल्दै नकआउट चरणमा स्थान पक्का गर्‍यो । समूह ‘ई’ मा तेस्रो स्थानमा रहे पनि उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीमध्ये एक बन्दै इक्वेडरले अन्तिम ३२ मा यात्रा तय गरेको हो ।

सुरुआतमा पछि परेको अवस्थाबाट संयमित प्रदर्शन गर्दै उत्कृष्ट पुनरागमन गरेको इक्वेडरका लागि यो जित विश्वकपकाे ऐतिहासिक जित हाे ।

प्रकाशित मिति: शुक्रबार, १२ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.