काठमाडाैं । इक्वेडरले चार पटककाे विश्वकप विजेता जर्मनीमाथि शानदार जित निकाल्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा स्थान सुरक्षित गरेको छ ।
इक्वेडरले जर्मनीलाई २–१ ले पराजित गरेर रोमाञ्चक जित निकाल्दै अन्तिम ३२ मा प्रवेश गरेको हो । खेलको सुरुआतमै जर्मनीले अग्रता बनाएको थियो । लेरोय सानेले गोल गर्दै जर्मनीलाई १–० को अवस्थामा पुर्याए । तर, जर्मनीको अग्रता धेरै बेर टिक्न सकेन । इक्वेडरका निल्सन एंगुलोले छिट्टै बराबरी गोल फर्काउँदै पहिलो हाफ १–१ को बराबरीमा टुंग्याए ।
दोस्रो हाफमा दुवै टोलीले आक्रामक खेल प्रस्तुत गर्दै निर्णायक गोलको खोजी गरे । खेलको ७७औँ मिनेटमा गोन्जालो प्लाटाले आकर्षक गोल गर्दै इक्वेडरलाई २–१ को अग्रता दिलाए । त्यसपछि जर्मनीले बराबरी गोलका लागि लगातार दबाब बनाए पनि सफल हुन सकेन ।
प्लाटाको निर्णायक गोलकै आधारमा इक्वेडरले महत्त्वपूर्ण जित निकाल्दै नकआउट चरणमा स्थान पक्का गर्यो । समूह ‘ई’ मा तेस्रो स्थानमा रहे पनि उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने टोलीमध्ये एक बन्दै इक्वेडरले अन्तिम ३२ मा यात्रा तय गरेको हो ।
सुरुआतमा पछि परेको अवस्थाबाट संयमित प्रदर्शन गर्दै उत्कृष्ट पुनरागमन गरेको इक्वेडरका लागि यो जित विश्वकपकाे ऐतिहासिक जित हाे ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,430)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,357)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,214)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,149)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,111)