काठमाडाैं । फिफा विश्वकपको समूह चरणअन्तर्गत तेस्रो चरणका खेलहरू जारी १२ टोलीले नकआउट चरणमा स्थान सुरक्षित गरेका छन् । बिहीबार बिहान समूह चरणका खेलहरू अन्तिम चरणमा पुगेसँगै उपाधि दाबेदार मानिएका केही टोलीले अपेक्षित प्रदर्शन गर्दै नकआउट चरणमा प्रवेश गरेका हुन् ।
हालसम्म मेक्सिको, अमेरिका, जर्मनी, क्यानडा, मोरक्को, कोलम्बिया, ब्राजिल, अर्जेन्टिना, स्विट्जरल्यान्ड, नर्वे, बोस्निया एन्ड हर्जगोभिना तथा फ्रान्स नकआउट चरणमा पुगेका छन् । यीमध्ये ११ टोलीले समूहमा विजेता वा उपविजेताका रूपमा नकआउट चरणमा स्थान बनाएका हुन् ।
दक्षिण अमेरिकी शक्ति ब्राजिल र अर्जेन्टिनाले अपेक्षाअनुसार समूह चरण पार गरेका छन् भने युरोपेली टोली जर्मनी, फ्रान्स, स्विट्जरल्यान्ड र नर्वेले पनि आफ्नो चुनौती कायम राखेका छन् । उत्तर अमेरिकी क्षेत्रबाट अमेरिका, मेक्सिको र क्यानडाले नकआउट चरणमा स्थान बनाउँदै प्रभावशाली प्रदर्शन गरेका छन् ।
मोरक्कोले अर्को चरणमा स्थान सुरक्षित गरेको छ । कोलम्बियाले पनि उत्कृष्ट खेल प्रदर्शन गर्दै नकआउट चरणमा प्रवेश गरेकाे छ ।
समूह चरणका बाँकी खेलहरू सम्पन्न भएपछि अन्य टोलीहरूको टुंगो लाग्नेछ । त्यसपछि नकआउट चरणको पूर्ण समीकरण तय हुनेछ । विश्व फुटबलका शक्तिशाली राष्ट्रहरूबीच हुने नकआउट चरणका भिडन्तले प्रतियोगितालाई अझ रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,430)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,357)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,214)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,149)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,111)