विश्वकप फुटबल : १२ टाेली नकआउट चरणमा

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । फिफा विश्वकपको समूह चरणअन्तर्गत तेस्रो चरणका खेलहरू जारी १२ टोलीले नकआउट चरणमा स्थान सुरक्षित गरेका छन् । बिहीबार बिहान समूह चरणका खेलहरू अन्तिम चरणमा पुगेसँगै उपाधि दाबेदार मानिएका केही टोलीले अपेक्षित प्रदर्शन गर्दै नकआउट चरणमा प्रवेश गरेका हुन् ।

हालसम्म मेक्सिको, अमेरिका, जर्मनी, क्यानडा, मोरक्को, कोलम्बिया, ब्राजिल, अर्जेन्टिना, स्विट्जरल्यान्ड, नर्वे, बोस्निया एन्ड हर्जगोभिना तथा फ्रान्स नकआउट चरणमा पुगेका छन् ।  यीमध्ये ११ टोलीले समूहमा विजेता वा उपविजेताका रूपमा नकआउट चरणमा स्थान बनाएका हुन् ।

दक्षिण अमेरिकी शक्ति ब्राजिल र अर्जेन्टिनाले अपेक्षाअनुसार समूह चरण पार गरेका छन् भने युरोपेली टोली जर्मनी, फ्रान्स, स्विट्जरल्यान्ड र नर्वेले पनि आफ्नो चुनौती कायम राखेका छन् । उत्तर अमेरिकी क्षेत्रबाट अमेरिका, मेक्सिको र क्यानडाले नकआउट चरणमा स्थान बनाउँदै प्रभावशाली प्रदर्शन गरेका छन् ।

मोरक्कोले अर्को चरणमा स्थान सुरक्षित गरेको छ । कोलम्बियाले पनि उत्कृष्ट खेल प्रदर्शन गर्दै नकआउट चरणमा प्रवेश गरेकाे छ ।

समूह चरणका बाँकी खेलहरू सम्पन्न भएपछि अन्य टोलीहरूको टुंगो लाग्नेछ । त्यसपछि नकआउट चरणको पूर्ण समीकरण तय हुनेछ । विश्व फुटबलका शक्तिशाली राष्ट्रहरूबीच हुने नकआउट चरणका भिडन्तले प्रतियोगितालाई अझ रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: बिहिबार, ११ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.