रोनाल्डोले कीर्तिमान बनाएकाे खेलमा पोर्चुगलकाे जित

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी दुई गोल गर्दा पोर्चुगलले फिफा विश्वकप २०२६ मा पहिलो जित निकालेकाे छ । समूह के अन्तर्गत अमेरिकाको ह्युस्टनमा भएको खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५-० ले पराजित गरेको हो ।

याे खेलमा क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी दुई गोल गरे । पोर्चुगलका नुनो मेन्डेज र राफेल लिआऔले पनि १-१ गोल गरे भने एक आत्मघाती गोल उपहार पाएको थियो । समुह के मा पहिलो जितपछि पोर्चुगल २ खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ र नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

पहिलो खेलमा पोर्चुगलले डिआर कंगोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको थियो । पोर्चुगलले अब समुहको अन्तिम खेल कोलम्बियासँग २७ जुनमा खेल्नेछ

रोनाल्डोले खेलको छैटौं मिनेटमै गोल गर्दैं लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाउँदै पोर्चुगललाई सुरुमै अग्रता दिलाएका थिए ।

समूहको पहिलो खेलमा डिआर कंगो विरुद्ध गोल गर्न असफल भएका रोनाल्डोले उज्वेकिस्तान विरुद्ध सुरुमै गोल गर्दै ६ विश्वकपमा गोल गर्ने एक्लो खेलाडी बनेका हुन् । रोनाल्डोले सन् २००६ देखि २०२६ सम्म लगातार ६ विश्वकप खेल्दा ६ वटै विश्वकपमा गोल गरे ।

रोनाल्डोको गोलपछि पोर्चुगलले सुरुवातदेखि ने उज्वेकिस्तानलाई दबाबमा राखेको थियो । नुनो मेन्डेजले १७औं मिनेटमा फ्रिकिक मार्फत गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे । रोनाल्डोले पहिलो हाफमा दोस्रो गोल गर्ने क्रममा ३९औं मिनेटमा गोल थपे । पहिलो हाफमै दुई गोल गर्दे रोनाल्डोले पोर्चुगलका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान पनि बनाए ।

बुधबार बिहान भएको अर्काे  खेलमा इंग्ल्यान्डले घानासँग बराबरीमा राेकिएकाे छ ।

प्रकाशित मिति: बुधबार, १० असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.