क्रोएसियामाथि इंग्ल्याण्डकाे शानदार जित

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । विश्वकप फुटबलमा क्रोएसियालाई पराजित गर्दै इंग्ल्याण्ड विजयी सुरुवात गरेकाे छ । अमेरिकामा भएको खेलमा इंग्ल्याण्ड ४-२ ले विजयी भएको हाे ।

इंग्ल्याण्डका लागि कप्तान ह्यारि केनले सर्वाधिक दुई गोल गरे । खेलको पहिलो हाफको १० मिनेटमा उनले पेनाल्टी प्रहार गर्दै गोल गरेका थिए । क्रोएसियाका कप्तान लुका मोड्रिचले फाउल गरेपछि केनले पेनाल्टी प्रहारको मौका पाए । उक्त मौकालाई उनले गोलमा परिणत गरेका हुन् ।

केन विश्वकपमा पेनाल्टीमार्फत सर्वाधिक पाँच गोल गर्ने खेलाडी बनेका छन् ।

दोस्रो हाफको ४१ औँ मिनेटमा डेक्लान राइसको पासलाई उत्कृष्ट हेड गर्दै उनले बललाई जाली चुमाए । खेलमा दुई गोल गरेसँगै उनले विश्वकपमा गोल संख्या १० पुर्‍याएका छन् । इंग्ल्याण्डका लागि उनले जम्मा ८१ गोल गरेका छन् ।

क्रोएसियाका पेटर सुुसिकले पहिलो हाफको ३६ औँ मिनेटमा गोल गरेका थिए । पहिलो हाफ समाप्तिको सिठ्ठी बज्नुअघि क्रोएसियाका पिटर मुसाले गोल गर्दै खेललाई २-२ को बराबरीमा पुर्‍याए ।

दोस्रो हाफको ४७ औँ मिनेटमा इंग्ल्याण्डका जुड बेलिंघमले गोल गर्दै खेललाई ३-२ को अवस्थामा पुर्‍याए । ८५ औँ मिनेटमा साकाले दिएको पासलाई मार्कस रासफोर्डले गोलमा परिणत गरे । जितसँगै इंग्ल्याण्डले तालिकामा तीन अंक जोडेको छ ।

प्रकाशित मिति: बिहिबार, ०४ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.