क्रोएसियामाथि इंग्ल्याण्डकाे शानदार जित

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । विश्वकप फुटबलमा क्रोएसियालाई पराजित गर्दै इंग्ल्याण्ड विजयी सुरुवात गरेकाे छ । अमेरिकामा भएको खेलमा इंग्ल्याण्ड ४-२ ले विजयी भएको हाे ।

इंग्ल्याण्डका लागि कप्तान ह्यारि केनले सर्वाधिक दुई गोल गरे । खेलको पहिलो हाफको १० मिनेटमा उनले पेनाल्टी प्रहार गर्दै गोल गरेका थिए । क्रोएसियाका कप्तान लुका मोड्रिचले फाउल गरेपछि केनले पेनाल्टी प्रहारको मौका पाए । उक्त मौकालाई उनले गोलमा परिणत गरेका हुन् ।

केन विश्वकपमा पेनाल्टीमार्फत सर्वाधिक पाँच गोल गर्ने खेलाडी बनेका छन् ।

दोस्रो हाफको ४१ औँ मिनेटमा डेक्लान राइसको पासलाई उत्कृष्ट हेड गर्दै उनले बललाई जाली चुमाए । खेलमा दुई गोल गरेसँगै उनले विश्वकपमा गोल संख्या १० पुर्‍याएका छन् । इंग्ल्याण्डका लागि उनले जम्मा ८१ गोल गरेका छन् ।

क्रोएसियाका पेटर सुुसिकले पहिलो हाफको ३६ औँ मिनेटमा गोल गरेका थिए । पहिलो हाफ समाप्तिको सिठ्ठी बज्नुअघि क्रोएसियाका पिटर मुसाले गोल गर्दै खेललाई २-२ को बराबरीमा पुर्‍याए ।

दोस्रो हाफको ४७ औँ मिनेटमा इंग्ल्याण्डका जुड बेलिंघमले गोल गर्दै खेललाई ३-२ को अवस्थामा पुर्‍याए । ८५ औँ मिनेटमा साकाले दिएको पासलाई मार्कस रासफोर्डले गोलमा परिणत गरे । जितसँगै इंग्ल्याण्डले तालिकामा तीन अंक जोडेको छ ।

प्रकाशित मिति: बिहिबार, ०४ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.