विश्वकप फुटबलमा मेस्सीकाे ह्याट्रिक

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । विश्वकप फुटबलमा  लियोनेल मेस्सीले ह्याटि्रक गरेका छन् ।  ह्याटि्रक गर्दा विश्वकपको सर्वकालिन उच्च गोलकर्ताको सूचीमा रहेका जर्मनीका मिरोस्लाभ क्लोससँग बराबरी गरे ।

अल्जेरिया विरुद्ध उत्कृष्ट प्रदर्शन गरेका मेस्सीकाे विश्वकपमा पहिलो ह्याटि्रक हाे।

विश्वकप फुटबल अन्तर्गत समूह ‘जे’ को आफ्नो पहिलो खेलमा अर्जेन्टिनाले उत्कृष्ट सुरुवात गर्ने क्रममा सुरुवातबाटै दबाब बनायो ।  खेलमा ७८ मिनेट मैदानमा बिताएका मेस्सीले ३ गोल गर्दै टोलीलाई सानदार सुरुवात दिए।

उनले पहिलो हाफमा १ गोल गर्दा अरु दुई गोल दोस्रो हाफमा सम्भव बनाए । दोस्रो गोल ६० औं मिनेटमा गरे । २५ यार्डबाट एलेक्सीस म्याक एलिस्टरले गरेको शक्तिसाली प्रहार गोलरक्षकले रोकेपछि पाएको रिबाउन्डलाई मेस्सीले सहज गोलमा परिणत गरेका थिए।

उनले विश्वकपको पहिलो ह्याट्रिक भने खेलको ७६ औं मिनेटमा पूरा गरे ।

प्रकाशित मिति: बुधबार, ०३ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.