विश्वकप लिग २ : यूएईमाथि नेपालकाे राेमाञ्चक जित

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले यूएईमाथि रोमाञ्चक जित निकालेको छ । शुक्रबार घरेलु मैदानमा ६ रनको जित निकालेको हो ।

टस जितेर नेपालले २९० रनको लक्ष्य दिएको थियो । वर्षाले प्रभावित बनेको खेलमा यूएईले ३८ ओभरमा २५५ रनको लक्ष्य पाएको थियो । यूएईले ३८ ओभरमा ८ विकेट गुमाएर १४८ रनमात्रै बनाउन सक्यो ।

युएईका लागि मुहम्मद शहदादले ६५, खुजैमा तनवीरले ४९, आर्यान्स शर्माले ३३ तथा अक्षदीप नाथले अविजित ३६ रन बनाए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले तीन तथा सोमपाल कामी र नन्दन यादवले दुई–दुई विकेट लिए ।

त्यसअघि कीर्तिपुस्थित टियु मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २८९ रन जोड्यो । उपकप्तान दीपेन्द्र सिंह ऐरीले शतकीय पारी खेले। ९४ बल खेलेका उनी १०० रनमा रनआउट रहे । विनोद भण्डारीले ५६, रोहित पौडेलले ३९ तथा गुलशन झाले ४४ रन जोडे । बलिङतर्फ यूएईका अजय कुमार र जुनैद सिद्धिकीले दुई–दुई तथा खुजैमा तनवीर हैदर अलीले एक–एक विकेट लिएका थिए ।

जितसँगै नेपाल २३ खेलमा १६ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ । समान खेल खेलेको युएई १२ अंकसहित पुछारमा छ ।

प्रकाशित मिति: शुक्रबार, १८ बैशाख, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.