विश्वकप लिग २ : ओमानसँग नेपाल १०२ रनले पराजित

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी सिरिजकाे दाेस्राे खेलमा ओमानसँग नेपालले लज्जास्पद हार बेहोरेको छ । ओमानले दिएको ३०६ रनको लक्ष्य पछ्याएको नेपाल १०२ रनले पराजित भयाे । पहिलाे खेलमा युएइमाथि जित निकालेकाे थियाे ।

नेपालले ३६ ओभर ५ ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको थियो । त्यसपछि वर्षा नरोकिएपछि डीएल पद्धति अनुसार नेपाल १०२ रनले पराजित भएको हो ।

नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरी ६० रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । ओपनर कुशल भुर्तेल एक, आसिफ शेख १९, भीम सार्की २८, कप्तान रोहित पौडेल १०, बसिर अहमद १ र आरिफ शेख १४ रनमा आउट भए । गुल्सन झा १४ र सोमपाल कामी २ रनमा अविजित रहे । बलिङमा ओमानका नदीम खानले सर्वाधिक ३ विकेट लिए । शकील अहमदले २ र वासिम अली र इम्रान मोहम्मदले एक-एक विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५ रन बनाएको थियो । ओमानका लागि कप्तान जतिन्दर सिंहले ९६ बलमा १३० रन बनाए । आशिष ओडेराले २३, नदीम खान १, हम्माद मिर्जा ३०, विनायक शुक्ला २३, जितेन रामानन्दी ४३, शकील अहमद ० र आर्यन विश्ट ३५ रनमा आउट भए । सिद्धार्थ बुकापटनम १ र वासिम अली १२ रनमा अविजित रहे ।

बलिङमा नेपालका लागि सोमपाल कामीले ४, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिएका छन् ।

सिरिजअन्तर्गत नेपालले आफ्नो तेस्रो खेल शुक्रबार युएईसँग खेल्नेछ ।

प्रकाशित मिति: बुधबार, १६ बैशाख, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.