विश्वकप लिग २ :ओमानले नेपाललाई दियाे ३०६ रनको लक्ष्य

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी सिरिजकाे दाेस्राे खेलमा नेपालले ओमानबाट ३०६ रनको लक्ष्य पाएकाे छ ।

टस जितेर पहिले ब्याटिङ थालेको ओमानले ५० ओभरमा ८ विकेट गुमाएर ३०५ रन जोड्यो । कप्तान जतिन्दर सिंहले शतकीय पारी खेले। उनले ९६ बलमा १५ चौका र ५ छक्काको मद्दतले १३० रन जोडेका थिए ।

जितेन रमानन्दीले ४३, आर्यान बिश्टले ३५, हम्माद मिर्जाले ३०, विनायक शुक्ला र आशिष ओडेदाराले २३–२३ रन जोडे ।

बलिङतर्फ नेपालका सोमपाल कामीले चार विकेट लिए भने सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले दुई–दुई विकेट लिए । नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्दैछ ।

प्रकाशित मिति: बुधबार, १६ बैशाख, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.