पाकिस्तानलाई पराजित गर्दै भारत सुपर ८ मा

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । आईसीसी टी-२० विश्वकप २०२६ मा पाकिस्तानमाथि रवाफिलो जित हासिल गर्दै भारत सुपर ८ मा प्रवेश गरेको छ । श्रीलंकाको कोलोम्बोमा भएको खेलमा भारतले पाकिस्तानलाई ६१ रनले पराजित गरेको हो ।

भारतले दिएको १७६ रनको लक्ष्य पछ्याएको पाकिस्तान १८ ओभरमा ११४ रनमा अलआउट भयो । पाकिस्तानका लागि उसमान खानले सर्वाधिक ४४ रन बनाए । शाहीन अफ्रिदीले अविजित २३ रन बनाए भने शादाब खानले १४ अनि फहीम असरफले १० रन बनाए ।

भारतका लागि हार्दिक पान्ड्या, जसप्रित बुमराह, वरुण चक्रवर्ती र अक्षर पटेलले २-२ विकेट लिँदा कुलदीप यादव र तिलक वर्माले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनाएको थियो । भारतका लागि इशान किशनले ४० बलमा १० चौका र ३ छक्कासहित सर्वाधिक ७७ रन बनाए ।
कप्तान सूर्यकुमार यादवले ३२, शिवम दुबेले २७ तथा तिलक वर्माले २५ रन बनाए । पाकिस्तानका लागि सायम अयुबले ३ विकेट लिए । सलमान आघा, शाहीन अफ्रिदी र उसमान तारिकले १-१ विकेट लिए ।

जितसँगै भारत ३ खेलमा ६ अंकसहित समूह ‘ए’ को शीर्षस्थानमा रहेको छ । पाकिस्तान ३ खेलमा ४ अंकसहित तेस्रो स्थानमा झरेको छ । भारतले अब नेदरल्यान्ड्ससँग खेल्न बाँकी छ भने पाकिस्तानले नामिबियासँग खेल्नेछ ।

प्रकाशित मिति: सोमबार, ०४ फागुन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.