सुदूरपश्चिम रोयल्स एनपीएलकाे प्लेअफमा

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । लगातार पाँच खेलमा विजयी सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुगेको छ । शनिबार साविक विजेता जनकपुर बोल्ट्सलाई हराउँदै पाँचौं जित निकालेको सुदूरपश्चिम प्लेअफमा पुगेको हो ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा जनकपुरले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १७.४ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

सुदूरपश्चिमका लागि इशान पाण्डेले अर्धशतक बनाए । एक रनमै २ विकेट गुमाएको सुदूरपश्चिमका लागि इशान र विनोद भण्डारीले ९२ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए । बलिङमा जनकपुरका लागि माज सदाकतले २ विकेट लिए ।

साविक विजेता जनकपुरको यो लगातार चौथो हार हो । लगातार हारपछि जनकपुर लिग चरणबाटै बाहिरिने संघारमा पुगेको छ ।

प्रकाशित मिति: शनिबार, १४ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.