एनपीएलमा विराटनगरको पहिलाे हार

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सको अपराजित यात्रामा ब्रेक लागेको छ । चितवन राइनोजले दोस्रो निकाल्दा विराटनगरको अपराजित यात्रामा ब्रेक लगाएको हो ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बुधबार भएको खेलमा चितवन राइएनोजले विराटनगर किंग्सलाई ४८ रनले पराजित गरेको हो ।

चितवनले दिएको १७५ रनको लक्ष्य पछ्याएको विराटनगरले १६।५ ओभरमा सबै विकेट गुमाएर १२६ रनमा अलआउट भयो ।

विराटनगरका लागि लोहर अर्डका मर्चेन्ट डे लाङले ३९ र प्रतिश जिसीले ३० रन बनाए पनि टिमको हार टार्न पर्याप्त भएन । डे लाङ र प्रतिशले नवौँ विकेटका लागि ३६ रनको साझेदारी गरेका थिए । यस्तै साम हिजलेटले २२ रन जोडे । विराटनगरका ८ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

विराटनगरलाई अलआउट गर्न चितवनका स्पीनर रन्जित कुमारले ४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिए । उनी यस सिजन एकै खेलमा ५ विकेट लिने पहिलो बलरसमेत बनेका छन् ।

प्रकाशित मिति: बुधबार, ११ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.