दुई विश्वविजेता रहेकै समूहमा नेपाल, पहिलाे खेल इंग्ल्यान्डसँग

Satya Sanchar सत्य सञ्चार

विराटनगर । आइसिसी टी-२० विश्वकप २०२६ मा नेपाल समूह ‘सी’ मा परेको छ । यो समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन् ।इंग्ल्यान्ड र वेस्ट इन्डिज पूर्वविश्व विजेता हुन् ।

नेपालले पहिलो खेल इंग्ल्यान्डसँग फेब्रुअरी ८ मा (माघ २५) खेल्नेछ। अन्तिम खेल बंगलादेशसँग फेब्रुअरी १७ (फागुन ५) मा हुनेछ। नेपालका चारै खेलमा मुम्बईमा हुनेछन् ।

नेपाल रहेको समूह सी
इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश, इटाली, नेपाल

नेपालको विश्वकपमा खेल
नेपाल भर्सेस इंग्ल्यान्ड, ८ फेब्रुअरी (माघ २५), दिउँस ३ बजे, मुम्बई
नेपाल भर्सेस इटाली, १२ फेब्रुअरी(माघ २९), दिउँस ३ बजे, मुम्बई
नेपाल भर्सेस वेस्ट इन्डिज, १५ फेब्रुअरी (फागुन ३), विहान ११ बजे, मुम्बई
नेपाल भर्सेस बंगलादेश, १ फेब्रुअरी (फागुन ५), राति ७ बजे, मुम्बई

भारत र श्रीलंमा विश्वकपमा सहआयोजक भारतले पहिलो खेलमा फेब्रुअरी ७ मा मुम्बईको वानखेडे रंगशालामा अमेरिकाविरुद्ध खेल्नेछ ।

विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशाला अहमदावादको नरेन्द्र मोदी स्टेडियममा मार्च ८ मा फाइनल खेल हुनेछ । यो प्रतियोगिता भारत र श्रीलंकाका कुल ८ वटा उत्कृष्ट रंगशालामा आयोजना हुनेछ ।
समूह विभाजन
• समूह ए : भारत, अमेरिका, नामिबिया, नेदरल्यान्ड्स, पाकिस्तान
• समूह बी : अष्ट्रेलिया, श्रीलंका, जिम्बाब्वे, आयरल्यान्ड, ओमान
• समूह सी : इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश, इटाली, नेपाल
• समूह डी : दक्षिण अफ्रिका, न्यूजिल्यान्ड, अफगानिस्तान, क्यानाडा, यूएई

प्रकाशित मिति: बुधबार, ११ मंसिर, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.