विराटनगर किङ्सको नयाँ जर्सी सार्वजनिक

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि विराटनगर किङ्सले नयाँ जर्सी सार्वजनिक गरेको छ ।नयाँ जर्सीले कोशी प्रदेशको गौरव, एकता र समुदायको भावना झल्काएको क्लबले जनाएको छ ।

जर्सीको डिजाइनमा सप्तकोशी नदीका सात शाखालाई प्रतीकात्मक रूपमा देखाउने सात रेखाहरू छन् ।

क्लबका अनुसार, ‘द जर्सी ःद क्राउन वी अर्न’ भन्ने थिममा तयार गरिएको हो । यो जर्सी केवल खेल पोशाक नभई पहिचान, उत्साह र गर्वको प्रतीक क्लबको दाबी छ ।

विराटनगर किङ्स एनपीएलमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने फ्रेन्चाइज टोली हो ।

विराटनगरले दक्षिण अफ्रिकाका स्टार ब्याटर फाफ डुप्लेसी सहित स्कटल्यान्डका जर्ज मन्से, अस्ट्रेलियाका साम हिजलेट, न्युजिल्यान्डका मार्टिन गप्टिल र दक्षिण अफ्रिकाका मर्चेन्ट डे लाङलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ ।

मार्की सन्दीप लामिछानेसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, नरेन भट्ट र सुवास भण्डारीलाई रिटेन गरेको विराटनगरले अक्सनबाट सूर्य तामाङ, साहिल पटेल र नारायण जोशी अनुबन्ध गर्दा विश लिस्टबाट शर्वन किस्कु र शंकर राना अनुबन्ध गरेको छ । एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि सुरु हुँदैछ ।

प्रकाशित मिति: आइतबार, २४ कार्तिक, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.