काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपाल अमेरिकासँग फराकिलो अन्तरले पराजित भएको छ ।
यूएई सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको हो ।
अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९ ओभर १ बलमा १५६ रनमा समेटियो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४० रन बनाए । आसिफ शेख ३७, भीम सार्की २९, कप्तान रोहित पौडेल २,आरिफ शेख २०, गुल्सन झा ३, सोमपाल कामी ११, करण केसी २ रनमा आउट भए । सन्दीप लामिछाने र कुशल भुर्तेल ० रनमा आउट भए ।
बलिङमा अमेरिकाका हर्मित सिंहले सर्वाधिक ६ विकेट लिए । ८.१ ओभर बलिङ गरेका सिंहले २६ रन खर्चेका थिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २६२ रन बनाएको थियो ।
अमेरिकाका ओपनर स्मित पटेलले सर्वाधिक ७५ रनको योगदान दिए । मिलिन्द कुमारले अविजित ७० रन बनाए । बलिङमा नेपालका सन्दीप लामिछानेले २, सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिएका थिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,441)
जीवन विकासले बोलायो साधारणसभा (2,410)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,370)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,220)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)