नेपाल लगातार दाेस्राेपटक टी-२० विश्वकपमा छनाेट

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाल लगातार दाेस्राे पटक टी-२० विश्वकपमा छनोट भएको छ ।

ओमानमा जारी इस्ट एसिया प्यासिफिक क्वालिफायरमा दुई खेलअघि नै नेपाल विश्वकपमा छनोट भएको हो । घरेलु टीम पनि विश्वकपमा छनोट भएको छ । थप एक टीमको टुंगो लाग्न बाँकी छ ।

बुधबार यूएईले सामोआलाई हराएपछि नेपाल र ओमानको विश्वकप यात्रा तय भएको हो ।

प्रतियोगितामा अपराजित रहेकाे नेपाल र ओमानले अहिलेसम्म सुपर सिक्समा ६ अंक बटुलेका छन् । रनरेटका आधारमा ओमान शीर्षस्थानमा छ ।

आज हुने खेलमा नेपालले ओमानलाई हराएको खण्डमा शीर्षस्थानमा उक्लिने छ । नेपालले अन्तिम खेल शुक्रबार सामोआसँग खेल्ने छ ।

२०२६ मा हुने टी २० विश्वकप भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्दैछन् ।

सन् २०१४ मा पहिलोपटक टी २० विश्वकप खेलेको नेपालले दोस्रो पटक खेल्न १० वर्ष पर्खिनुपर्यो । समग्रमा तेस्रो पटक र लगातार दोस्रो पटक नेपाल विश्वकपमा छनोट भएको हो ।

प्रकाशित मिति: बुधबार, २९ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.