काठमाडौं । ओमानमा जारी आईसीसी टी– २० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले कतारसँग खेल्दै छ ।
खेल अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा बेलुका ८ः४५ बजेदेखि सुरु हुनेछ ।
नेपालले सुपर सिक्समा आइतबार यूएईलाई हराइसकेको छ । नेपालले १ रनको रोमाञ्चक जित निकालेको थियो । नेपाल अपराजित यात्रा कायमै राख्ने सोचमा हुनेछ ।
यता कतारले भने पहिलो खेलमा ओमानसँग हार बेहोरेको थियो । सुपर सिक्समा अंकविहीन अवस्थामा सुरु गरेको कतारलाई जितको आवश्यकता हुनेछ ।
नेपालले छनोट सुरु हुनुअघिको वार्म अप खेलमा पनि कतारसँग खेलेको थियो जहाँ १६ रनले विजयी भएको थियो । टी– २०आई क्रिकेटमा यी दुई टोली हालसम्म ३ पटक भिडेका छन् । जहाँ नेपालले २ खेल जित्दा कतारले १ खेल जितेको छ । नेपालले बुधबार सामोआ र शुक्रबार ओमानसँग खेल्नेछ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,362)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,151)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)