विश्वकप छनाेटमा कतारसँग खेल्दै नेपाल

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । ओमानमा जारी आईसीसी टी– २० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले कतारसँग खेल्दै छ ।

खेल अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा बेलुका ८ः४५ बजेदेखि सुरु हुनेछ ।

नेपालले सुपर सिक्समा आइतबार यूएईलाई हराइसकेको छ । नेपालले १ रनको रोमाञ्चक जित निकालेको थियो । नेपाल अपराजित यात्रा कायमै राख्ने सोचमा हुनेछ ।

यता कतारले भने पहिलो खेलमा ओमानसँग हार बेहोरेको थियो । सुपर सिक्समा अंकविहीन अवस्थामा सुरु गरेको कतारलाई जितको आवश्यकता हुनेछ ।

नेपालले छनोट सुरु हुनुअघिको वार्म अप खेलमा पनि कतारसँग खेलेको थियो जहाँ १६ रनले विजयी भएको थियो । टी– २०आई क्रिकेटमा यी दुई टोली हालसम्म ३ पटक भिडेका छन् । जहाँ नेपालले २ खेल जित्दा कतारले १ खेल जितेको छ । नेपालले बुधबार सामोआ र शुक्रबार ओमानसँग खेल्नेछ ।

प्रकाशित मिति: सोमबार, २७ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.