एसिया कपकाे फाइनलमा भारत र पाकिस्तान

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । एसीसी एसिया कप–२०२५ को फाइनलमा भारत र पाकिस्तान पुगेका छन् । सुपर–४ को आफ्नो अन्तिम खेलमा बंगलादेशविरुद्ध ११ रनको जित निकाल्दै पाकिस्तानले फाइनल प्रवेश गरेकाे हाे । भारत यसअघि नै फाइनल प्रवेश गरेकाे थियाे ।

एसिया कपको इतिहासमै पहिलो पटक भारत र पाकिस्तान उपाधि भिड्न्तमा प्रतिस्पर्धा गर्ने छन् ।

भारतले यसअघि नै सुपर–४ का तीनमध्ये दुई खेलमा जित निकाल्दै फाइनल यात्रा तय गरिसकेको छ । भारतले सुपर–४ को तेस्रो खेलमा आज नै श्रीलंकाविरुद्ध खेल्ने तालिका छ । तर, यसमा जित वा हार जे भए पनि भारतको फाइनल समीकरणमा कुनै फरक पर्ने छैन ।

बिहीबार युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा पाकिस्तानले प्रस्तुत गरेको १३६ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले निर्धारित २० ओभर ब्याटिङ गरे पनि नौ विकेट गुमाएर १२४ रनमात्र बनाउन सकेकाे थियाे ।

पाकिस्तानले आइतबार उपाधिका निम्ति भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

पाकिस्तानले एसिया कपको इतिहासमा हालसम्म टी–२० संरचनाको उपाधि जित्न सकेको छैन । प्रतियोगिताकाे सफल टोली भारतले हालसम्म आठ पटक उपाधि जितेकाे छ ।

प्रकाशित मिति: शुक्रबार, १० असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.