एसिया कपकाे फाइनलमा भारत र पाकिस्तान

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । एसीसी एसिया कप–२०२५ को फाइनलमा भारत र पाकिस्तान पुगेका छन् । सुपर–४ को आफ्नो अन्तिम खेलमा बंगलादेशविरुद्ध ११ रनको जित निकाल्दै पाकिस्तानले फाइनल प्रवेश गरेकाे हाे । भारत यसअघि नै फाइनल प्रवेश गरेकाे थियाे ।

एसिया कपको इतिहासमै पहिलो पटक भारत र पाकिस्तान उपाधि भिड्न्तमा प्रतिस्पर्धा गर्ने छन् ।

भारतले यसअघि नै सुपर–४ का तीनमध्ये दुई खेलमा जित निकाल्दै फाइनल यात्रा तय गरिसकेको छ । भारतले सुपर–४ को तेस्रो खेलमा आज नै श्रीलंकाविरुद्ध खेल्ने तालिका छ । तर, यसमा जित वा हार जे भए पनि भारतको फाइनल समीकरणमा कुनै फरक पर्ने छैन ।

बिहीबार युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा पाकिस्तानले प्रस्तुत गरेको १३६ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले निर्धारित २० ओभर ब्याटिङ गरे पनि नौ विकेट गुमाएर १२४ रनमात्र बनाउन सकेकाे थियाे ।

पाकिस्तानले आइतबार उपाधिका निम्ति भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

पाकिस्तानले एसिया कपको इतिहासमा हालसम्म टी–२० संरचनाको उपाधि जित्न सकेको छैन । प्रतियोगिताकाे सफल टोली भारतले हालसम्म आठ पटक उपाधि जितेकाे छ ।

प्रकाशित मिति: शुक्रबार, १० असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.