काठमाडौं । फरवार्ड खेलाडी ओस्मान डेम्बेलेले बालोन डि’ओर २०२५ अवार्ड जितेका छन् । फ्रान्सका फरवार्ड एवम् फ्रेन्च क्लब पीएसजीमा आवद्ध छन् ।
सोमबार राति भएको समारोहमा च्याम्पियन्स लिग विजेतासमेत रहेका डेम्बेलेले वर्षको उत्कृष्ट खेलाडी घोषित हुँदै उक्त प्रतिष्ठित अवार्ड जितेका हुन् ।
पहिलोपटक बालोन डि’ओर जितेका डेम्बेलेले पीएसजीबाट सन् २०२४-२५ को च्याम्पियन्स लिग जित्नुका साथै लिगमा पनि ३७ गोल र १५ असिस्ट गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए ।
महिलातर्फको बालोन डि’ओरको अवार्ड भने लगातार तेस्रोपटक स्पेनकी एइताना बोनमतीले जितेकी छन् । उनी स्पेनिस क्लब बार्सिलोनाबाट खेल्दै आएकी फरवार्ड हुन् ।
स्पेन राष्ट्रिय टोली तथा स्पेनिस क्लब बार्सिलोनाका युवा खेलाडी लामियन यमालले वर्ष उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन् । महिलातर्फको उत्कृष्ट युवा खेलाडीको अवार्ड स्पेनकै भिकी लोपेजले जितिन् ।
च्याम्पियन्स लिग विजेता पीएसजी वर्ष उत्कृष्ट पुरुष टोली घोषित हुँदा पीएसजीकै प्रशिक्षक लुइस एनरिके उत्कृष्ट प्रशिक्षक तथा पीएसजीबाटै च्याम्पियन्स लिग जितेका जियानलुजी डोनारुमा उत्कृष्ट गोलरक्षक घोषित भए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,666)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)