एसिया कपमा भारतसँग पाकिस्तान पराजित

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । एसीसी एसिया कपको सुपर–४ मा भारतसँग पाकिस्तान पराजित भएको छ ।

आइतबार युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानले प्रस्तुत गरेको १७२ रनको लक्ष्य भारतले १८.५ ओभरमा चार विकेट गुमाएर भेट्याे ।

भारतका ओपनर अभिषेक शर्माले सर्वाधिक ७४ रन बनाए । उनले ३९ बलमा ६ चौका र पाँच छक्का प्रहार गरे । अर्का ओपनर सुभमन गिलले २८ बलमा आठ चौकासहित ४३ रन थपे । यी दुईले पहिलो विकेटका निम्ति ९.५ ओभरमा १०५ रनको साझेदारी गर्दै भारतलाई आक्रामक सुरुआत दिलाएका थिए ।

तिलक वर्माले २० र सञ्जु सामसनले १३ रन थपे ।

पाकिस्तानका ह्यारिस रौफले दुई विकेट लिए । अब्रार अहमेद र फहिम अस्रफले समान एक विकेट हात पारे ।

त्यसअघि, टस हारेर ब्याटिङमा आएको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १७१ रनको योगफल खडा गरेको थियो ।

प्रकाशित मिति: सोमबार, ०६ असोज, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.