खोटाङ । खाेटाङकाे शुभम् फाउन्डेसन दिक्तेलले कोदोको बिस्कुट व्यावसायिक रूपमा उत्पादन सुरु गरेको छ । शुभम् फाउन्डेसनले ‘दिक्तेल कोदो बिस्कुट’ नामको कोदोको बिस्कुट व्यावसायिक रूपमा उत्पादन गरेर बजारमा ल्याएको हो ।
कृषि ज्ञान केन्द्र खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र शुभम् फाउन्डेसनले संयुक्त रूपमा आयोजना गरेको कोदो दिवसमा बिस्कुटसँगै केक, मोमो, कुकिज, सेलरोटी, सुक्खा रोटी, खिर र तोङ्बा प्रदर्शनीमा राखिएको थियो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निर्धारण गरेको मापदण्ड पूरा गरेर कोदोको बिस्कुट व्यावसायिक रूपमा उत्पादन सुरु गरिएको शुभम् फाउण्डेशनका कार्यकारी निर्देशक सूर्यबहादुर राईले जानकारी दिए ।
“कोदोको परिकारलाई बजारीकरण गर्दै रोजगारी सिर्जना गर्ने उद्देश्यले व्यावसायिक रूपमा ‘दिक्तेल कोदो बिस्कुट’ उत्पादन सुरु गरेका छौँ । यो आजैबाट बजारमा पठाउन थालेका छौँ”, उनले भने, “शुभम् फाउन्डेसनमा कोदोको अन्य परिकारहरू पनि उत्पादन हुन्छ । त्यो चाहिँ उपभोक्ताको मागअनुसार बनाएर उपलब्ध गराउने तयारी गरिएको छ ।”
जिल्लामा उत्पादित कोदो शुभम् फाउन्डेसनले सञ्चालन गरेको उद्योगमा खपत हुने भएपछि कृषकहरूले समेत सहजै आम्दानी लिन सक्ने भएका छन् ।
शुभम् फाउन्डेसनले व्यावसायिक रूपमा उत्पादन गरेको कोदोको बिस्कुट स्वादिष्ट, गुणस्तरीय र स्वास्थ्यकर भएकाले प्रवर्द्धन गर्न सबैको सहकार्य आवश्यक रहेको जिल्ला समन्वय समिति प्रमुख राईले बताए ।
रैथाने बाली संरक्षण तथा प्रवर्द्धन गर्दै कृषकलाई उत्पादनसँग जोड्न नगरपालिकाले १७ औँ नगर सभाबाट नीति तथा कार्यक्रम पारित गरेर लागू गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कार्यबाहक नगरप्रमुख विशन राईले जानकारी दिए ।
शुभम् फाउन्डेसनले उत्पादन गरेको कोदोको परिकार नगरपालिकाभित्र सञ्चालित विद्यालयहरूमा अध्ययनरत विद्यार्थीका लागि दिवा खाजाको रूपमा उपयोग गर्ने/गराउने विषयमा समेत तयारी गरिएको नगरपालिकाले जनाएको छ । कोदोबाट उत्पादित परिकार उपभोग गर्दा मधुमेह, मुटु रोग, एनिमिया नियन्त्रण तथा हड्डी बलियो बनाउने र रगतको मात्रा बढाउने औषधीय गुण हुने स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,441)
जीवन विकासले बोलायो साधारणसभा (2,408)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,370)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,350)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,220)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)