नेपालले जापानलाई हरायो

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी मेन्स यू– १६ इस्ट जोन क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । नेपालले दोस्रो खेलमा जापानलाई ९ विकेटले पराजित गरेको हो ।

जापानले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि शिवांश बजगाईले ३८ तथा प्रसिद्ध जैसी ३३ रनमा अविजित रहे ।

त्यसअघि बाँयाहाते स्पिनर शुभम खनालले ५ विकेट लिएपछि नेपालले जापानलाई सामान्य योगफलमा अलआउट गरेको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको जापान ३४.३ ओभरमा ८० रनमा अलआउट भएको थियो ।

नेपालले पहिलो खेलमा सिंगापुरलाई ५ विकेटले हराएको थियो । लगातार दोस्रो जितपछि दुई खेलमा ४ अंक जोडेर नेपाल समूह ए को शीर्ष स्थानमा छ । नेपालले अब तेस्रो खेलमा २९ जुनमा इन्डोनेसियासँग खेल्नेछ ।

प्रकाशित मिति: मङ्गलबार, १० असार, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.