बङ्गलादेशविरुद्धको शृङ्खला यूएईले जित्याे

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । संयुक्त अरब इमिरेट्सले बङ्गलादेशविरुद्धको शृङ्खला जितेर सनसनी मच्चाएको छ ।

बंगलादेश बलियो क्रिकेट टोली हो । तर घरेलु भूमिमा भएको टी– २० शृङ्खलामा बङ्गलादेशलाई २– १ ले हराउँदै यूएईले सनसनी मच्चाएको हो ।

बुधबार राति भएको तेस्रो तथा अन्तिम खेलमा यूएई ७ विकेटले विजयी भयो ।

१६३ रनको लक्ष्य पछ्याएको यूएईले पाँच बल बाँकी रहँदा तीन विकेटको क्षतिमा १६६ रन बनाएको हो । विजयी टोलीका अलिसान सर्फुले अविजित रहँदै ४७ बलमा ६८ रन जोडे। उनी प्लेयर अफ द म्याच समेत घोषित भए। यसैगरी असिफ खानले अविजित रहँदै २६ बलमा ४१ रन प्रहार गरे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले ९ विकेटको क्षतिमा १६२ रन बनाएको थियो । बङ्गलादेशका जाकर अलीले सर्वाधिक ४१ रन प्रहार गरे। युएईका होल्डर अलीले चार ओभरमा सात रन खर्चेर तीन विकेट लिए ।

प्रकाशित मिति: बिहिबार, ०९ जेठ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.