काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दाे तनावका कारण भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) स्थगित भएकाे छ ।
बिहीबार आइपीएलको खेल चल्दाचल्दै फ्लड लाइट बन्द गरिएको थियो । त्यसपछि प्राविधिक कारणले खेल स्थगन गरिएको सूचना निकालियो । यद्यपि, मुख्य कारण सुरक्षाको थियो ।
आज आइपीएलमा लखनउ र बैंगलोरबीचको खेल लखनउमा हुने सेड्यूल थियो । तर, बीसीसीआइले अर्को निर्णय नभएसम्मका लागि प्रतियोगिता स्थगन गरेको जनाएकाे छ । भारत पाकिस्तानबीच बढ्दाे तनावका कारण आइपीएल स्थगित भएकाे हाे । आइपीएलमा अहिलेसम्म ५८ खेल भइसकेका छन् । अब समूह चरणमा १२ खेल मात्रै खेलाउन बाँकी छ ।
पाकिस्तानमा भइरहेको पीएसएल पनि स्थगन गरिएको छ । अब पीएसएलका बाँकी खेलहरु यूएईमा हुनेछन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)