आईपीएलमा १४ वर्षीय वैभवको शानदार शतक

Satya Sanchar सत्य सञ्चार

काठमाडौं ।इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा १४ वर्षीय ओपनिङ ब्याटर वैभव सूर्यवंशीको शानदार शतक प्रहार गरेका छन् । राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई ८ विकेटको पराजित गर्दा सूर्यवंशीले शानदार शतक प्रहार गरेका हुन् । ओपनर वैभवले ३५ बलमा शतक पूरा गरे । शतकलगत्तै १ रन लिएपछि उनी बोल्ड भएका थिए ।

पहिलो विकेटका लागि अर्का ओपनर यशश्वी जैसवालसँग मिलेर १६६ रनको साझेदारी गरे । ३८ बलको सामना गरेका वैभवले ७ चौका र ११ छक्कासहित १०१ रन बनाएका थिए । गुजरातले दिएको २१० रनको लक्ष्य राजस्थानले १५‍.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

वैभव आइपीएलमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बने । सबैभन्दा छिटो शतक बनाउने भारतीय खेलाडी पनि बनेका छन् । समग्रमा यो दोस्रो छिटो शतक हो । क्रिस गेलले सन् २०१३ मा ३० बलमै शतक बनाएका थिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ३ विकेट गुमाएर २०९ रन बनाएको थियो । कप्तान शुभमन गिलले सर्वाधिक ८४ रनको योगदान दिए भने जस बट्लर ५० रनमा नटआउट रहँदा साइ सुदर्शनले ३९ रन बनाएका थिए ।

प्रकाशित मिति: मङ्गलबार, १६ बैशाख, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.