आईपीएलमा १४ वर्षीय वैभवको शानदार शतक

Satya Sanchar सत्य सञ्चार

काठमाडौं ।इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा १४ वर्षीय ओपनिङ ब्याटर वैभव सूर्यवंशीको शानदार शतक प्रहार गरेका छन् । राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई ८ विकेटको पराजित गर्दा सूर्यवंशीले शानदार शतक प्रहार गरेका हुन् । ओपनर वैभवले ३५ बलमा शतक पूरा गरे । शतकलगत्तै १ रन लिएपछि उनी बोल्ड भएका थिए ।

पहिलो विकेटका लागि अर्का ओपनर यशश्वी जैसवालसँग मिलेर १६६ रनको साझेदारी गरे । ३८ बलको सामना गरेका वैभवले ७ चौका र ११ छक्कासहित १०१ रन बनाएका थिए । गुजरातले दिएको २१० रनको लक्ष्य राजस्थानले १५‍.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

वैभव आइपीएलमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बने । सबैभन्दा छिटो शतक बनाउने भारतीय खेलाडी पनि बनेका छन् । समग्रमा यो दोस्रो छिटो शतक हो । क्रिस गेलले सन् २०१३ मा ३० बलमै शतक बनाएका थिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ३ विकेट गुमाएर २०९ रन बनाएको थियो । कप्तान शुभमन गिलले सर्वाधिक ८४ रनको योगदान दिए भने जस बट्लर ५० रनमा नटआउट रहँदा साइ सुदर्शनले ३९ रन बनाएका थिए ।

प्रकाशित मिति: मङ्गलबार, १६ बैशाख, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.