लिभरपुलले जित्यो प्रिमियर लिगको उपाधि

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । चार खेल अगावै लिभरपुलले प्रिमियर लिग २०२४–२५ को उपाधि जितेको छ । आइतबार राती घरेलु मैदानमा टोटनहमलाई ५– १ ले पराजित गर्दै लिभरपुलले लिगको उपाधि जितेको हो । ३४ खेलबाट लिभरपुलले ८२ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको आर्सनलले समान खेलबाट ६७ अंक जोडेको छ ।

एनफिल्डमा भएको खेलमा सुरुमा गोल व्यहोरेपनि लिभरपुलले पुनरागमन गर्दै सानदार जित हात पारेको हो । लिभरपुलका लागि लुइस डियाज, एलेक्सिस म्याक एलिस्टर, कोडी गाक्पो र मोहम्मद सालाहले एक–एक गोल गरे । टोटनहमले एक आत्मघाती गोल उपहार दिएका थिए । टोटनहमका लागि डोमिनिक सोलान्केले गोल गरे ।

लिभरपुलले उपाधि संख्यामा म्यानचेष्टर युनाइटेडसँग बराबरी गरेको छ । युनाइटेडको २० पटक इंग्लिस शीर्ष डिभिजनको लिग जित्ने कीर्तिमान बराबरी गरेको हो ।

प्रकाशित मिति: सोमबार, १५ बैशाख, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.