लिभरपुलले जित्यो प्रिमियर लिगको उपाधि

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । चार खेल अगावै लिभरपुलले प्रिमियर लिग २०२४–२५ को उपाधि जितेको छ । आइतबार राती घरेलु मैदानमा टोटनहमलाई ५– १ ले पराजित गर्दै लिभरपुलले लिगको उपाधि जितेको हो । ३४ खेलबाट लिभरपुलले ८२ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको आर्सनलले समान खेलबाट ६७ अंक जोडेको छ ।

एनफिल्डमा भएको खेलमा सुरुमा गोल व्यहोरेपनि लिभरपुलले पुनरागमन गर्दै सानदार जित हात पारेको हो । लिभरपुलका लागि लुइस डियाज, एलेक्सिस म्याक एलिस्टर, कोडी गाक्पो र मोहम्मद सालाहले एक–एक गोल गरे । टोटनहमले एक आत्मघाती गोल उपहार दिएका थिए । टोटनहमका लागि डोमिनिक सोलान्केले गोल गरे ।

लिभरपुलले उपाधि संख्यामा म्यानचेष्टर युनाइटेडसँग बराबरी गरेको छ । युनाइटेडको २० पटक इंग्लिस शीर्ष डिभिजनको लिग जित्ने कीर्तिमान बराबरी गरेको हो ।

प्रकाशित मिति: सोमबार, १५ बैशाख, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.