काठमाडौं । जोश बटलरको सानदार अर्धशतक बनाउँदा गुजरात टाइटन्सले आइपीएलमा रोयल च्यालेन्जर्स बैंग्लुरु आठ विकेटले पराजित गरेको छ । बैंग्लुरुले दिएको १७० रनको लक्ष्य गुजरातले १७.५ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको हो ।
यो नतिजासँगै गुजरातले तीन खेलबाट चार अंक जोडेको छ । समान अंक भएको बैंग्लुरुको भने पहिलो हार हो ।
गुजरातका बटलरले अविजित रहँदै सर्वाधिक ७३ रन बनाए । ३९ बल खेलेका उनले पाँच चौका र ६ छक्का प्रहार गरे । शाई सुदर्शन ४९ र कप्तान सुभमन गिल १४ रनमा आउट हुँदा शेर्फेन रदरफोर्ड ३० रनमा अवजिति रहे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले २० ओभरमा ७ विकेट गुमाएर १६९ रन बनाएको थियो । लियाम लिभिङस्टनले सर्वाधिक ५४ रन बनाए भने जितेश शर्माले ३३ र टिम डेभिडले अविजित ३२ रन बनाए ।
गुजरातका लागि मोहम्मद सिराजले ४ ओभरमा १९ रन दिएर ३ विकेट लिए । साइ किशोरले ४ ओभरमा २२ रन दिएर २ विकेट लिए । इशान्त शर्मा, प्रसिध कृष्णा र अर्शद खानले १(१ विकेट लिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,442)
जीवन विकासले बोलायो साधारणसभा (2,410)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,370)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,222)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,582)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)