आइपीएलमा गुजरातले बैंग्लुरुलाई हरायो

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । जोश बटलरको सानदार अर्धशतक बनाउँदा गुजरात टाइटन्सले आइपीएलमा रोयल च्यालेन्जर्स बैंग्लुरु आठ विकेटले पराजित गरेको छ । बैंग्लुरुले दिएको १७० रनको लक्ष्य गुजरातले १७.५ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको हो ।

यो नतिजासँगै गुजरातले तीन खेलबाट चार अंक जोडेको छ । समान अंक भएको बैंग्लुरुको भने पहिलो हार हो ।

गुजरातका बटलरले अविजित रहँदै सर्वाधिक ७३ रन बनाए । ३९ बल खेलेका उनले पाँच चौका र ६ छक्का प्रहार गरे । शाई सुदर्शन ४९ र कप्तान सुभमन गिल १४ रनमा आउट हुँदा शेर्फेन रदरफोर्ड ३० रनमा अवजिति रहे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले २० ओभरमा ७ विकेट गुमाएर १६९ रन बनाएको थियो । लियाम लिभिङस्टनले सर्वाधिक ५४ रन बनाए भने जितेश शर्माले ३३ र टिम डेभिडले अविजित ३२ रन बनाए ।

गुजरातका लागि मोहम्मद सिराजले ४ ओभरमा १९ रन दिएर ३ विकेट लिए । साइ किशोरले ४ ओभरमा २२ रन दिएर २ विकेट लिए । इशान्त शर्मा, प्रसिध कृष्णा र अर्शद खानले १(१ विकेट लिए ।

प्रकाशित मिति: बिहिबार, २१ चैत, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.