काठमाडौं । पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा अपराजित यात्रा कायम राखेको छ । मंगलबार भएको खेलमा लखनउ सुपर जायन्ट्सलाई आठ विकेटको जित निकाल्दै अपराजित यात्रा कायम राखेको हो । यो नतिजासँगै पञ्जाब दुई खेलबाट चार अंक बटुल्दै शीर्ष दुईमा उक्लिएको छ।
पञ्जाबले यसअघि गुजरात टाइटन्सलाई ११ रनले हराएको थियो । लखनउको भने यो लगातार दोस्रो हार हो । लखनउले तीन खेलबाट दुई अंक जोडेको छ ।
लखनउले दिएको १७२ रनको लक्ष्य पछ्याएको पञ्जाबले १६.२ ओभरमा दुई विकेट गुमाउँदै १७७ रन बनायो । पञ्जाबका लागि प्रभसिमरन सिंह र कप्तान श्रेयस अय्यरको सानदार ब्याटिङ गरे । प्रभसिमरनले सर्वाधिक ६९ रन बनाए । अय्यरले भने लगातार अर्धशतक पूरा गरे । अविजित रहेका उनले ३० बलमा तीन चौका र चार छक्कासहित ५२ रन बनाए । यसअघि उनले गुजरातविरुद्ध अविजित ९७ रन बनाएका थिए ।
नेहाल भाधेरा ४३ रनमा अविजित रहँदा प्रयान्स आर्या आठ रनमा पभिलियन फर्किए । लखनउका दिग्वेश राठीले दुई विकेट लिए। चार ओभर बलिङ गरेका उनले ३० रन खर्चिए।
त्यसअघि भारतरत्न श्री अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियम लखनउमा टस हारेर पहिला ब्याटिङ थालेको लखनउले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७१ रन बनाएको थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,666)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)