चेन्नाई र हैदराबादकाे विजयी सुरुवात

Satya Sanchar सत्य सञ्चार

विराटनगर । चेन्नाई र हैदराबादले इन्डियन प्रिमियर लिग  (आईपीएल) मा विजयी सुरुवात गरेको छ । मुम्बई इन्डियन्सलाई चार विकेटले हराउँदै चेन्नई सुपर किंग्सले आइपीएलमा विजयी सुरुवात गरेको हो । जीतको लागि एक सय ५६ रनको लक्ष्य पाएको चेन्नईले १९ ओभर एक बलमा छ विकेट गुमाएर पूरा गर्यो ।

चेन्नइको जीतमा रुतुराज गाइक्वाड र रचिन रविन्द्रले अर्धशतक बनाए । बलिङमा भिगनेश पुथुरले तीन विकेट लिए । त्यसअघि पहिले व्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ५५ रन बनाएको थियो ।

सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई ४४ रनले हराएको छ । हैदरावदले दिएको दुई सय ८७ रनको कीर्तिमानी लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै दुई सय ४२ रन मात्रै बनाउन सक्यो । राजस्थानका धुर्व जिरेलले सर्वाधिक ७० रन बनाए । सन्जु साम्सनले ६६ रन बनाए । हैदराबादका हर्षल पटेल र सिमरजित सिंहले समान दुई विकेट लिए ।

त्यसअघि राजिव गान्धी इन्टरनेसनल स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको घरेलु टोली हैदराबादले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै दुई सय ८६ रन बनाएको थियो । हैदराबादका लागि इशान किशनले अविजित रहँदै सर्वाधिक एक सय छ रन बनाएका थिए ।

हैदराबादले आईपीएल इतिहासमा बनाएको यो सबैभन्दा दोस्रो ठूलो लक्ष्य हो । गत वर्ष पनि हैदराबादले रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध दुई सय ८७ रनको कीर्तिमान बनाएको थियो ।

प्रकाशित मिति: सोमबार, ११ चैत, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.