आज पनि बढ्यो सुनचाँदीकाे मूल्य

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ कायम भएको हो । मंगलबार दिन प्रतितोला १ लाख ६९ हजार ९ सय रुपैयाँ थियो ।

आज सुनसँगै चाँदीको पनि मूल्य बढेको छ । मंगलबार प्रतितोला १९७० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, २८ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.