आज पनि घट्यो नेप्से

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । सेयर बजार मापन परिसूचक नेप्से २०‍.६८ अंकले घटेको छ । आइतबार ४६ अंक घटेको थियो । आज २०‍.६८ अंक घटेको हो ।

आज नेप्से परिसूचक २७५१ मा कायम भएको छ ।

गत सोमबारयता कारोबार भएका दिन बजार घटेको छ ।

आज कुल ४४ कम्पनीको मूल्य बढ्दा १९१ को घट्यो भने ८ को स्थिर रह्यो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १० अर्ब ९ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३७ करोडको काराेबार भएको छ ।

प्रकाशित मिति: सोमबार, २६ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.