विराट गोल्डकप : सेमिफाइनल समीकरण पूरा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरमा जारी ९ औं संस्करणको विराट गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ ।

शनिबार विराटनगरको सहिद रंगशालामा भएको अन्तिम क्वाटरफाइनल खेलमा एनआरटी क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज अन्तिम चारमा प्रवेश गरेपछि सेमिफाइनल समीकरण पूरा भएको हो ।

यसअघि नेपाल पुलिस, थ्रीस्टार र विभागीय टिम त्रिभूवन आर्मी सेमिफाइनलमा पुगिसकेका छन् । चर्च ब्वाइजले फाइनल प्रवेशको लागि सोमबार नेपाल पुलिससँग खेल्नेछ ।

चर्च ब्वाइजको जितको लागि विदेशी खेलाडी रिचर्ड र आकाश राईले गोल गरेका थिए । खेलको ३५ औं मिनेटमा चर्च ब्वाइजले अग्रता लिएको थियो । लाक्पा पाख्रिनको पासमा रिचर्डले चलाखीपूर्ण ढंगले पोस्टको दिशा दिएका थिए । चर्च ब्वाइजका लागि दोस्रो गोल ६४ औं मिनेटमा आकाशले गरे । दोस्रो हाफपछि चन्दन दासको ठाउँमा आकाश मैदान प्रवेश गरेका थिए ।

जितसँगै चर्च ब्वाइजले एक महिना अगाडि धरानमा सम्पन्न भएको २५ औं संस्करणको बुढासुब्बा गोल्डकपको फाइनलमा हारको बदला पनि विराट गोल्डकपमा आएर लिएको छ । २७ माघमा सम्पन्न बुढासुब्बा गोल्डकपको फाइनलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ गोलले पराजित गर्दै एनआरटीले उपाधि उचालेको थियो ।

एनआरटी र चर्च ब्वाइज युनाइटेडको यो सिजनको मोफसलमा भएको फुटबल प्रतियोगितामा चौथो पटकको भेट हो । जसमध्ये दुई एनआरटी र दुई चर्च ब्वाइजले जितेको छ ।

आइतबारको पहिलो सेमिफाइनल खेल विभागीय टिम त्रिभूवन आर्मी र थ्रीस्टार बिच हुनेछ ।

प्रकाशित मिति: शनिबार, २४ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.