च्याम्पियन्स ट्रफीको उपाधिका लागि न्युजिल्यान्ड र भारत भिड्ने

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । दक्षिण अफ्रिकालाई ५० रनले पराजित गर्दै न्युजिल्यान्ड आइसिसी च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । उपाधिका लागि अब भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

बुधबार भएको दोस्रो सेमिफाइनलमा खेलमा न्युजिल्यान्डले दिएको ३६३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेटको क्षतिमा ३१२ रन जोड्न सक्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ६ विकेटको क्षतिमा ३६२ रन जोडेको थियो । न्युजिल्यान्डका लागि रचिन रविन्द्र र केन विलियमसनले शतक प्रहार गरे ।

उपाधि भिडन्त आइतबार दुबईमा हुनेछ ।

यसअघि भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई पराजित गरेर फाइनलमा स्थान पक्का गरेको थियो ।

प्रकाशित मिति: बुधबार, २१ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.