विराट गोल्डकपको तयारी पूरा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । सोमबारबाट विराटनगरको सहिद रंगशालामा हुने प्रतियोगिताको तयारी पूरा भएको हो । प्रतियोगितामा २ भारतीयसहित १० टोली सहभागी हुनेछन् ।

विराटनगरको साथ फुटबलको विकास भन्ने नाराका साथ प्रतियोगिता गरिने विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजक समिति संयोजक नवीन रिजालले बताए ।

उनका अनुसार प्रतियोगिताको टिकटदर २०० रुपैयाँ तोकिएको छ । एउटा टिकट काट्दा दुई हजार रुपैयाँसम्मको फाइदा हुने उनले बताए । गोल्डकपमा काटेको टिकटले विभिन्न क्षेत्रमा छुट प्राप्त गर्न सकिने उनले बताए ।

गोल्डकपको उद्घाटन खेल आयोजक रिजालको मोरङ एफसी र साउथर्न समिति फुटबल क्बल कोलकाताबीच हुनेछ ।

गोल्डकप सम्पन्न गर्न १ करोड ३५ लाख रूपैयाँ खर्च हुने अनुमान छ । प्रतियोगिताको विजेता टिमले ११ लाख र उपविजेतालाई ५ लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

उत्कृष्ट प्रशिक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्ताले १५–१५ हजार रूपैयाँ पाउने छन् । पुरस्कारबापत दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई ११ हजार र सर्वोकृष्ट खेलाडीलाई ५१ हजार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति: आइतबार, १८ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.