विराट गोल्डकपको तयारी पूरा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । सोमबारबाट विराटनगरको सहिद रंगशालामा हुने प्रतियोगिताको तयारी पूरा भएको हो । प्रतियोगितामा २ भारतीयसहित १० टोली सहभागी हुनेछन् ।

विराटनगरको साथ फुटबलको विकास भन्ने नाराका साथ प्रतियोगिता गरिने विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजक समिति संयोजक नवीन रिजालले बताए ।

उनका अनुसार प्रतियोगिताको टिकटदर २०० रुपैयाँ तोकिएको छ । एउटा टिकट काट्दा दुई हजार रुपैयाँसम्मको फाइदा हुने उनले बताए । गोल्डकपमा काटेको टिकटले विभिन्न क्षेत्रमा छुट प्राप्त गर्न सकिने उनले बताए ।

गोल्डकपको उद्घाटन खेल आयोजक रिजालको मोरङ एफसी र साउथर्न समिति फुटबल क्बल कोलकाताबीच हुनेछ ।

गोल्डकप सम्पन्न गर्न १ करोड ३५ लाख रूपैयाँ खर्च हुने अनुमान छ । प्रतियोगिताको विजेता टिमले ११ लाख र उपविजेतालाई ५ लाख रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

उत्कृष्ट प्रशिक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्ताले १५–१५ हजार रूपैयाँ पाउने छन् । पुरस्कारबापत दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई ११ हजार र सर्वोकृष्ट खेलाडीलाई ५१ हजार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति: आइतबार, १८ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.