फाइनलमा १३ औं पटक हार्याे नेपाल

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाल महिला फुटबल टोली १३ औं पटक फाइनलमा पराजित भएको छ । यसअघि १२ वटा फाइनलमा नेपाल पराजित भएको थियो ।

बुधबार अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेलमा पनि म्यानमारसँग २–० ले पराजित भयो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाल ६२ औं मिनेटमा पछि परेको थियो । त्यसको दोस्रो मिनेटमै अर्को गोल बेहोरेपछि नेपाल उपविजेतामा सिमित रह्यो ।

यसअघि नेपाली महिला टाेली साफमा छैटौं पटक फाइनलमा पराजित भएकाे थियाे । दक्षिण एसियाली खेलकुद (साग) मा ३ पटक, हिरो गोल्डकप, नादेज्दा कप र वाफ वुमन्स च्याम्पियनसिपमा १–१ पटक फाइनलमा पुगेर पराजित भएकाे थियाे ।

साफको १४ वर्षे इतिहासमा नेपालले ६ पटक फाइनल खेलिसकेको छ ।

नेपाल सबै खाले प्रतियाेगितामा भारतसँग ७ पटक फाइनलमा पराजित भयाे । बंगलादेशसँग दुई पटक, म्यानमार, उज्वेकिस्तान र जोर्डनसँग १–१ पटक फाइनलमा पराजित भइसकेको छ ।

प्रकाशित मिति: बुधबार, १४ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.