काठमाडौं । नेपाल महिला फुटबल टोली १३ औं पटक फाइनलमा पराजित भएको छ । यसअघि १२ वटा फाइनलमा नेपाल पराजित भएको थियो ।
बुधबार अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेलमा पनि म्यानमारसँग २–० ले पराजित भयो ।
खेलमा उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाल ६२ औं मिनेटमा पछि परेको थियो । त्यसको दोस्रो मिनेटमै अर्को गोल बेहोरेपछि नेपाल उपविजेतामा सिमित रह्यो ।
यसअघि नेपाली महिला टाेली साफमा छैटौं पटक फाइनलमा पराजित भएकाे थियाे । दक्षिण एसियाली खेलकुद (साग) मा ३ पटक, हिरो गोल्डकप, नादेज्दा कप र वाफ वुमन्स च्याम्पियनसिपमा १–१ पटक फाइनलमा पुगेर पराजित भएकाे थियाे ।
साफको १४ वर्षे इतिहासमा नेपालले ६ पटक फाइनल खेलिसकेको छ ।
नेपाल सबै खाले प्रतियाेगितामा भारतसँग ७ पटक फाइनलमा पराजित भयाे । बंगलादेशसँग दुई पटक, म्यानमार, उज्वेकिस्तान र जोर्डनसँग १–१ पटक फाइनलमा पराजित भइसकेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,441)
जीवन विकासले बोलायो साधारणसभा (2,410)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,370)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,220)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)