भारतले पाकिस्तानलाई हराउँदा कोहलीको शतक

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको दोस्रो खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ ।पहिलो खेलमा बंगलादेशलाई पराजित गरेको थियो ।

पाकिस्तानले दिएको २४२ रनको लक्ष्य भारतले ४२‍.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । भारतका लागि विराट कोहलीले शतकीय पारी खेले । कोहली १११ बलमा ७ चौकासहित १०० रनमा अविजित रहे ।

श्रेयस अय्यरले ५६ तथा शुभमन गिलले ४६ रन बनाए । पाकिस्तानका शाहीन अफ्रिदीले २ विकेट लिँदा अबरार अहमद र खुशदिल शाहले १–१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४९.४ ओभरमा अलआउट हुँदै २४१ रन बनाएको थियो । सौद शकीलले ६२ तथा कप्तान मोहम्मद रिजवानले ४६ रन बनाए ।

भारतका लागि कुलदीप यादवले ९ ओभरमा ४० रन दिएर ३ विकेट लिए । हार्दिक पान्ड्याले २ तथा हर्षित राना, अक्षर पटेल र रविन्द्र जडेजाले १–१ विकेट लिए ।

जितसँगै समूह ए मा भारतले २ खेलबाट ४ अंक जोडेको छ । पाकिस्तान भने जित बिहीन छ ।

प्रकाशित मिति: सोमबार, १२ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.