भारतले पाकिस्तानलाई हराउँदा कोहलीको शतक

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको दोस्रो खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ ।पहिलो खेलमा बंगलादेशलाई पराजित गरेको थियो ।

पाकिस्तानले दिएको २४२ रनको लक्ष्य भारतले ४२‍.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । भारतका लागि विराट कोहलीले शतकीय पारी खेले । कोहली १११ बलमा ७ चौकासहित १०० रनमा अविजित रहे ।

श्रेयस अय्यरले ५६ तथा शुभमन गिलले ४६ रन बनाए । पाकिस्तानका शाहीन अफ्रिदीले २ विकेट लिँदा अबरार अहमद र खुशदिल शाहले १–१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४९.४ ओभरमा अलआउट हुँदै २४१ रन बनाएको थियो । सौद शकीलले ६२ तथा कप्तान मोहम्मद रिजवानले ४६ रन बनाए ।

भारतका लागि कुलदीप यादवले ९ ओभरमा ४० रन दिएर ३ विकेट लिए । हार्दिक पान्ड्याले २ तथा हर्षित राना, अक्षर पटेल र रविन्द्र जडेजाले १–१ विकेट लिए ।

जितसँगै समूह ए मा भारतले २ खेलबाट ४ अंक जोडेको छ । पाकिस्तान भने जित बिहीन छ ।

प्रकाशित मिति: सोमबार, १२ फागुन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.