काठमाडौं । काठमाडौंमा जारी इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र म्यानमारले बराबरी खेलेका छन् । दशरथ रंगशालामा २–२ गोलको बराबरीमा खेल सकिएको हो ।
दुवै टोलीले पहिलो हाफमा गोल गरे । दोस्रो हाफमा गोल गर्न सकेनन् ।
खेलको छैटौं मिनेटमा म्याट नो किनले फ्रिकिकमार्फत सिधै गोल गरिन् । ११औं मिनेटमा सावित्रा भण्डारीको पासमा सबिता रानामगरले खेल बराबरीमा ल्याइन् ।
१६औं मिनेटमा मे टेट नुले गोल गर्दै म्यानमारको अग्रता बनाइन् । ४०औं मिनेटमा सावित्राले गोल गरेपछि पहिलो हाफ २–२ को बराबरीमा आयो । त्यसपछि दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेनन् ।
दुवै टोलीले ३–३ खेलबाट ७–७ अङ्क जोडेका छन् । गोलअन्तरका आधारमा म्यानमार पहिलो र नेपाल दोस्रो स्थानमा छ ।
फाइनल खेल बुधबार हुनेछ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,668)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)