विदेश छाडेर गाउँमा तरकारी खेती (भिडियाे)

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको रंगेली नगरपालिका– ७ का जितेन्द्र महतोको परिवारको पेशा कृषि हो । कृषि कर्म छाडेर केही वर्षअघि उनी रोजगारीका लागि मलेसिया पुगे । चार महिनामै मलेसियाबाट फर्किएका उनी रंगेलीमा व्यावसायिक रुपमा तरकारी खेती गर्छन् ।

कृषि कर्म गरिरहेका उनलाई विदेश भन्दा आफ्नै काम गर्न राम्रो लाग्छ ।

‘यहाँ आफ्नै काम गर्दा आम्दानीको ग्यारेन्टी हुँदैन, एक दिनमा ५–१० हजारसम्म पनि कमाउन सकिन्छ,’ उनी भन्छन्,‘ विदेशमा त फिक्स सेलरी हुन्छ, त्यसमा आफ्नो आवश्यकता पुरा गर्नुपर्ने बाध्यता हुन्छ ।’ आफ्नो कमाइले धेरै प्रगती गर्न सकिन्छ ।

उनी अब विदेश जाने योजनामा छैनन । गाउँमै खेती विस्तार गरिरहेका छन् । ‘ म आफै जन मजदुर राखेर खेती गर्छु, अब विदेश नजाने,’ उनी भन्छन् ,‘अरुको काम गर्न विदेश जान्न, घरमा बसेर आफ्नै काम गर्छु ।’

उनले उत्पादन गरेको तरकारी र‌गेलीसहित आसपासकाे बजारमा पुग्छ । सिजन अनुसारको तरकारी खेतीबाट राम्रो आम्दानी भइरहेको जितेन्द्र बताउँछन् ।

श्रीमती शान्तिदेवीसँगै जितेन्द्र तरकारी खेतीको काम गर्छन् । आवश्यकता अनुसार बारीमा जन मजदुर खटाउँछन् । १ बिघा जग्गामा तरकारी खेतीसँगै उनीहरु गाइ पालन पनि गर्छन् ।

शान्तिदेवी र जितेन्द्रलाई तरकारी खेतीका लागि जीवन विकास लघुवित्त वित्तीय संस्थाले सहयोग गरिरहेको छ । एक दशकअघि शान्तिदेवी जीवन विकासकाे सदस्य बनेकी थिइन् । त्यसयता खेतीका लागि जीवन विकासबाट एकमुष्ठ ऋण लिएर लगानी गर्छन् । थोरै थोरै किस्तामा ऋण तिर्छन् ।

जीवन विकासकाे ऋण सहयोगले उनले घर पनि बनाएकी छन् । छोराछोरीको पढाई खर्चदेखि घरको सबै खर्चको स्रोत तरकारी खेती नै हो । तरकारी खेतीलाई विस्तार गर्दै लैजाने उनीहरुको योजना छ ।

प्रकाशित मिति: मङ्गलबार, १५ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.