मजदुरबाट उद्यमी बने विजय (भिडियाे)

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगर महानगरपालिका– १५ रानीका विजय चौधरीले लामो समय अरुको गार्मेन्ट उद्योगमा काम गरे । आर्थिक अवस्था कमजोर भएका कारण १५ वर्ष अरुको उद्योगमा मजदुरी गरेका उनी एक वर्षयता आफ्नै काम गर्छन् । अरुलाई पनि रोजगारी दिएका छन् ।

गार्मेन्ट उद्योगमा काम गर्दा उनले मासिक १५ देखि २० हजार रुपैयाँ आम्दानी गर्थे । थोरै आम्दानी र बढ्दो महंगीका कारण परिवारको खर्च दुःखले चलेको थियो । आफ्नो उद्योग सुरु गरेपछि सबै खर्च कटाएर उनी मासिक ४० हजार हाराहारी आम्दानी गर्न गर्छन् । बचत पनि गर्छन् ।

डेढ दशकयता गार्मेन्ट उद्योगमा मजदुरी गर्दा विजयलाई आफ्नै उद्योग सञ्चालन गर्ने रहर थियो । तर, उद्योगमा लगानी गर्ने पैसा थिएन् । जीवन विकास लघुवित्त वित्तीय संस्थाले ऋण सहयोग गरेपछि उनले आफ्नै गार्मेन्ट उद्योग सुरु गरेका हुन् । उद्योग सुरु गरेपछि उनको आर्थिक अवस्था पनि सुधार भइरहेको छ ।

एक वर्षयता उनले गार्मेन्ट उद्योगलाई विस्तार गरिरहेका छन् । सुरुमा तीन वटा मेसिन थियो । अहिले बढाएर ६ वटा मेसिन पुर्याएका छन् ।

उद्योगबाट तयारी कपडा उत्पादन गरी विराटनगर इटहरी लगायतका बजारमा पठाउँछन् । आफ्नो काम सुरु गरेपछि विजय सन्तुष्ट छन् । उद्योगलाई थप विस्तार गर्ने सपना पनि देखेका छन् । ‘अहिले मसँग ६ वटा मेसिन छन्, सय वटा मेसिन राखेर काम गर्ने योजना छ,’ उनले भने,‘ रोजगारी पनि १०० जना भन्दा बढीलाई दिने चाहाना छ ।’

प्रकाशित मिति: मङ्गलबार, ०८ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.