मजदुरबाट उद्यमी बने विजय (भिडियाे)

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगर महानगरपालिका– १५ रानीका विजय चौधरीले लामो समय अरुको गार्मेन्ट उद्योगमा काम गरे । आर्थिक अवस्था कमजोर भएका कारण १५ वर्ष अरुको उद्योगमा मजदुरी गरेका उनी एक वर्षयता आफ्नै काम गर्छन् । अरुलाई पनि रोजगारी दिएका छन् ।

गार्मेन्ट उद्योगमा काम गर्दा उनले मासिक १५ देखि २० हजार रुपैयाँ आम्दानी गर्थे । थोरै आम्दानी र बढ्दो महंगीका कारण परिवारको खर्च दुःखले चलेको थियो । आफ्नो उद्योग सुरु गरेपछि सबै खर्च कटाएर उनी मासिक ४० हजार हाराहारी आम्दानी गर्न गर्छन् । बचत पनि गर्छन् ।

डेढ दशकयता गार्मेन्ट उद्योगमा मजदुरी गर्दा विजयलाई आफ्नै उद्योग सञ्चालन गर्ने रहर थियो । तर, उद्योगमा लगानी गर्ने पैसा थिएन् । जीवन विकास लघुवित्त वित्तीय संस्थाले ऋण सहयोग गरेपछि उनले आफ्नै गार्मेन्ट उद्योग सुरु गरेका हुन् । उद्योग सुरु गरेपछि उनको आर्थिक अवस्था पनि सुधार भइरहेको छ ।

एक वर्षयता उनले गार्मेन्ट उद्योगलाई विस्तार गरिरहेका छन् । सुरुमा तीन वटा मेसिन थियो । अहिले बढाएर ६ वटा मेसिन पुर्याएका छन् ।

उद्योगबाट तयारी कपडा उत्पादन गरी विराटनगर इटहरी लगायतका बजारमा पठाउँछन् । आफ्नो काम सुरु गरेपछि विजय सन्तुष्ट छन् । उद्योगलाई थप विस्तार गर्ने सपना पनि देखेका छन् । ‘अहिले मसँग ६ वटा मेसिन छन्, सय वटा मेसिन राखेर काम गर्ने योजना छ,’ उनले भने,‘ रोजगारी पनि १०० जना भन्दा बढीलाई दिने चाहाना छ ।’

प्रकाशित मिति: मङ्गलबार, ०८ माघ, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.