संघर्षले फेरियो रितादेवीको दैनिकी (भिडियाेसहित)

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको धनपालथान गाउँपालिका– ५ दादरबैरियाकी रितादेवी सरदार किराना पसल सञ्चालन गर्छिन् । उनका श्रीमान अटो चलाउँछन् । दम्पतीको संयुक्त आम्दानीले परिवार खुसीसाथ बसेको छ ।

रिताको परिवारले केही वर्षअघिसम्म गरिबीसँग संघर्ष गर्यो । बस्नलाई सानो झुप्रो थियो, मजदुरी गरेर परिवारको गुजारा चलेको थियो ।

निरन्तरको लगनशीलता र दृढ इच्छाशक्तिका कारण रिताको परिवारको आर्थिक अवस्था सुधारिएको छ । रिताले घर, घडेरी, धानखेत जोडेकी छन् । आफू स्वरोजगार भएकी उनले श्रीमानलाई पनि स्वरोजगार बनाएकी छन् ।

‘पहिले एक छाक खानपिन धौधौ हुन्थ्यो, श्रीमान कमाउन जानुहुन्थ्यो, कमाएर ल्याएपछि मात्रै भात पाक्थ्यो,’ उनले भनिन्,‘अहिले धेरै सहज भएको छ ।’

रितादेवीको आर्थिक अवस्था सुधारको यात्रामा जीवन विकास लघुवित्त वित्तीय संस्थाले ऋण सहयोग गरेको छ । रितादेवी सरदार मात्र होइन जीवन विकासले आफ्ना सदस्य र सदस्यको परिवारलाई आत्मनिर्भर बनाउन सहयोग गरिरहेको छ ।

रितादेवी १८ वर्ष अघि जीवन विकासको सदस्य बनेकी थिइन् । पहिलो पटक ऋण लिएर सानो घर बनाइन् । जीवन विकासबाट ऋण लिएर उनले घर जग्गा पनि जोडेकी छन् । वैदेशिक रोजगारीमा गएका श्रीमान फर्किएपछि घरमै स्वरोजगार भएका छन् ।

‘आफुले दोकान गरेको छु, अटो पनि किनेको छु, अटो श्रीमानले चलाउनुहुन्छ,’ अहिले अटोबाट कमाई राम्रो भइरहेको छ । दोकानबाट पनि राम्रै बिक्री हुन्छ । दुबैजना कमाउने भएर धेरै सजिलो भएको छ ।’

संघर्ष गरेकै कारण परिवारको आर्थिक अवस्थामा परिवर्तन आएको उनको अनुभव छ । आफ्नो विगतलाई फर्केर हेर्दा र हालको आफ्नो प्रगती हेर्दा खुसी लागेको रिता बताउँछिन् ।

प्रकाशित मिति: सोमबार, ०८ पुष, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.