काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल प्रवेशका लागि आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुँदैछ । पहिलो क्वालिफायर आज दिउँसो १ बजे कीर्तिपुरमा सुरु हुनेछ ।
आजै एलिमिनेटरमा चितवन र कर्णालीबीच पनि प्रतिस्पर्धा हुनेछ । याे खेल सवा ९ बजे सुरु हुनेछ ।
जारी प्रतियोगितामा सुदूरपश्चिमले लिग चरणको सातमध्ये एउटा खेलमा मात्रै पराजित भएको छ । जनकपुरले लिगको सात खेलमा पाँच जित र दुई हार व्योहोरेको छ ।
सुदुरपश्चिम र जनकपुरबिचको पहिलो क्वालिफायर खेलको विजेता सोझै फाइनलमा पुग्ने छ।
एलिमिनेटरमा चितवन र कर्णालीबिचको खेलमा पराजित टोली बाहिरिनेछ । विजेता टोलीले भने पहिलो क्वालिफायरमा पराजित टोलीसँग फाइनल पुग्नका लागि फेरि प्रतिस्पर्धा गर्नेछ ।
क्वालिफायरको पराजित टोली र एलिमिनेटरको विजेताबिच फाइनलमा पुग्न बिहीबार प्रतिस्पर्धा हुनेछ। फाइनल खेल शनिबार हुनेछ ।
एनपीएलको विजेता टोलीले एक करोड १० लाख पुरस्कार पाउनेछ । उपविजेतालाई ५१ लाख, तेस्रो हुने टोलीलाई २५ लाख र चौथोलाई १५ लाख रुपैयाँ दिइनेछ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,666)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)