एनपीएलमा जनकपुरसँग पोखरा र काठमाडौंसँग सुदूरको खेल आज

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज बिहीबार दुई खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिलो खेल बिहान ९ः १५ बजे पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सबीच हुनेछ ।

दिउँसो सवा १ बजे हुने दोस्रो खेल काठमाडौं गोर्खाज् र सुदूरपश्चिम रोयल्सबीच हुनेछ।

लगातार दुई खेल जितेको जनकपुर तेस्रो जितको खोजीमा छ । पहिलो खेलमा विराटनगर किंग्सलाई र दोस्रो खेलमा कर्णाली याक्सलाई पराजित गरेको थियो।

पोखराको यो दोस्रो खेल हो । पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको पोखरा पहिलो जितको खोजीमा छ ।

काठमाडौं गोर्खाजले तेस्रो खेल खेल्न लागेको हो । पहिलो खेलमा चितवनसँग पराजित भएको काठमाडौंले बुधबार दोस्रो खेलमा कर्णालीलाई पराजित गरेको थियो ।

सुदूरपश्चिमले पनि दोस्रो खेल खेल्दैछ । पहिलो खेलमा सुदूरपश्चिमले विराटनगर किंग्सलाई पराजित गरेको थियो ।

प्रकाशित मिति: बिहिबार, २० मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.