एनपीएलमा विराटनगरको रोमाञ्चक जित

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेपाल प्रिमियर लिगमा विराटनगर किङ्ग्सले लुम्बिनी लायन्समाथि रोमाञ्चक जित निकालेको छ ।

१९२ रनको विशाल लक्ष्य पछ्याएको विराटनगरले १ बल बाँकी हुँदा ८ विकेटको क्षतिमा राेमाञ्चक जित निकालेकाे हाे । एनपीएलमा तेस्राे खेल खेलेकाे विराटनगरकाे याे पहिलाे जित हाे ।

आजकाे खेलकाे अन्तिम ओभरमा विराटनगरलाई जितका लागि १५ रन चाहिएको थियो । क्रिस सोलले १ बाल बाँकी हुँदा १६ रन जोडेर विराटनगरलाई जित दिलाए ।

विराटनगरका ओपनर लोकेश बमले ७१ रन बनाए । अर्का ‌ओपनर इस्मत अलाम भने शून्यमै आउट हुँदा मार्टिन गप्टिलले १७ बलमा २८ रन जोडे ।

राजेश पुलामी ४ रन र निकोलास किर्टोन शून्यमा आउट भए । बसिद अहमद ४० रनमा आउट भए । बलिङमा लुम्बिनीका दुर्गेश गुप्ताले ३ विकेट लिए ।

टस जितेको विराटनगरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले ७ विकेटको क्षतिमा १९१ रन जोडेको थियो ।

लुम्बिनीका लागि कप्तान रोहित कुमार पौडेलले ४६ रन जोडे । विवेक यादवलेले १९ रन जोडे । आशुतोष घिरैयाले १५ रन र अर्जुन साउदले १७ रन जोडे । टस मुर्स ३० रन जोडे। सन्दीप जोरा १२ रन जोडेका थिए ।

प्रकाशित मिति: बुधबार, १९ मंसिर, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.