काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज बुधबार दुई खेल हुँदैछन् । एनपीएलको बुधबारको पहिलो खेलमा कर्णाली याक्स र काठमाडौँ गुर्खाज भिड्दै छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजे सुरु हुनेछ । एनपीएलमा दोस्रो खेल खेल्न लागेका कर्णाली र काठमाडौं दुवै टोली पहिलो जितको खोजीमा छन् ।
कर्णाली सोमपाल कामी र काठमाडौं करण केसीको कप्तानीमा मैदान उत्रिँदै छन् । कर्णाली पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो।
आजै हुने दोस्रो खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै छन् । यो खेल दिउँसो १ बजे सुरु हुनेछ । एनपीएलमा तेस्रो खेल खेल्न लागेको विराटनगर पहिलो जितको खोजीमा छ ।
विराटनगरले लिगको पहिलो खेलमा जनकपुरसँग ८ विकेटले पराजित भएको थियो। मंगलबार भएको आफ्नो दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ९० रनको फराकिलो हार व्यहोरेको थियो । लुम्बिनीले एनपीएलमा पहिलो खेल खेल्न लागेको हो । लुम्बिनी राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेलको कप्तानीमा मैदान उत्रिनेछ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,666)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,353)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,282)